arrow

बारमा चुनावी चर्चा

logo
प्रकाशित २०७५ चैत ८ शुक्रबार
Bar-Election.jpg.jpeg

काठमाडौँ । नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि अध्यक्षका प्रत्याशीद्वय चण्डेश्वर श्रेष्ठ र सुनील पोखरेल आ–आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

प्रगतिशील खेमाबाट चण्डेश्वर श्रेष्ठ नेतृत्व र लोकतान्त्रिक खेमाबाट सुनिल पोखरेल नेतृत्वको समूह चुनावी मैदानमा उत्रिएको छ । बारको यही चैत १६ गते हुने २५औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको पूर्वसन्ध्यामा आज यहाँ आयोजना गरिएको कार्यक्रममा प्रगतिशील, पेशागत तथा समावेशी कानून व्यवसायी समूहबाट अध्यक्षका प्रत्यासी श्रेष्ठले स्वतन्त्र, सक्षम, निष्पक्ष र भ्रष्टाचारमुक्त न्यायपालिकाका लागि आफ्नो समूह प्रतिबद्ध रहेको बताए  ।

 विधिको शासन, मानवअधिकारको रक्षा र पेशागत हकहितसँगै स्वतन्त्र न्यायपालिका बनाउन बारले सहकार्य र खबरदारीको दुवै भूमिका निर्वाह गर्ने धारणा श्रेष्ठले बताए। उनले कानून व्यवसायीको मर्यादालाई उच्च राख्न सरकारसँग पहल गर्ने पनि सुनाए।

अध्यक्षका अर्का प्रत्याशी सुनिल पोखरेलले आफ्नो समूह नेतृत्व केन्द्रित नभएर नीति केन्द्रित भएको बताए। न्यायपालिकामा रहेका विकृति सुधार्नुनै आफ्नो प्रमुख लक्ष्य भएको स्पष्ट पार्दै आफूले देशभरिका कानून व्यवसायीको हकहित संरक्षण गर्नेछु भने।

 बारको २५ सदस्यीय कार्यसमितिमा १३ पदाधिकारी र १२ सदस्य रहने व्यवस्था छ । देशभरका १० हजार ३१३ मतदाताले ३५ मतदान केन्द्रबाट मत हाल्नेछन् । केन्द्रीय कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ