arrow

एसइई बिहान ८ बजेदेखि, आइतबार अङ्ग्रेजीको परीक्षा, पौने पाँच लाख परीक्षार्थी

पहिलो पटक प्रदेशबाट परीक्षा

logo
प्रकाशित २०७५ चैत १० आइतबार
see_(2).jpg

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आइतबारदेखि शुरु हुँदैछ । बिहान ८ बजेदेखि हुने परीक्षामा पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । 

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् । 

यस वर्षदेखि पहिलो पटक सङ्घीय संरचनाको स्वरुपअनुसार शुरु भई यही चैत २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ