arrow

कृष्ण सिटौलाको ‘दुःख बाँडौं, सुख साटौं’ रक्तदान अभियानमा सहभागीता बढ्दै 

logo
प्रकाशित २०७५ चैत १० आइतबार
raktadan.jpg

काठमाडौं । नेपाली काँग्रेसका पूर्वमहामन्त्री एवं पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाको स्वास्थ्यलाभको कामना गर्दै उपचाररत अस्पतालमै रक्तदान भइरहेको छ । 

सिटौला उपचाररत काठमाडौंको धुम्बराहीस्थित ह्याम्स अस्पताल परिसरमै आइतबार बिहान ८ बजेदेखि वृहत रक्तदान कार्यक्रम भइरहेको हो । 

सिटौलाका सम्पूर्ण सुभेच्छुकको संयुक्त आयोजनामा हुने उक्त रक्तदानमा सहभागी हुन सबैलाई विनम्र आग्रह गरिएको छ । 

‘दुःख बाँडौं, सुख साटौं’ भन्दै यो अभियानमा स्वतस्फूर्त काँग्रेस तथा भ्रातृ संगठनका कार्यकर्ताहरुले रक्तदान गरिरहेका छन् । 

नेता सिटौलाको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । अचानक स्वास्थ्यमा गडबडी भएपछि उनी शुक्रबार साँझ धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना भएका थिए । अस्पतालमा परिक्षण लगत्तै  सिटौलाको आइसियुमा राखेर उपचार गरिएको थियो।

सिटौलाका सहयोगी किरण सिटौलाका अनुसार चिकित्सकहरुले रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र प्रेसर समेत घटेको बताएका छन् । शुक्रवारको भन्दा स्वास्थ्यस्थित सुधार भइरहेको बताइएको छ। 

डा भगवान कोइराला सहितको टिमले उनको उपचार गरिरहेका छन । रगतको मात्रा बढाउनका लागि शुक्रवार नेता सिटौलालाई रगत दिइएको कांग्रेस नेता भिमसेनदास प्रधानले जानकारी दिए ।

सिटौलाको स्वास्थ्यलाभको कामना गर्दै उनका शुभेच्छुकहरुले आइतवार ह्याम्स अस्पतालमै वृहत रक्तदान समेत गर्न लागेको नेविसंघका नेता वलदेव तिमिल्सिना जानकारी दिएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ