arrow

पनौती जेसीजले सम्मानित गर्‍यो विभिन्न क्षेत्रका १७ महिला

logo
प्रकाशित २०७५ चैत १० आइतबार
panuti-jesis.jpg

पनौती । प्रदेश नं ३ की प्रदेश सांसद कल्पना नेपालीले महिलाहरुको बिशाल, धैर्यवान र सन्तुलित भूमिकाको कारण यो सृष्टी अनुपम र राम्रो भएको बताएकी छन्। पनौती जेसीजको आयोजनामा शनिवार पनौतीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् ।

आफ्नो हक, अधिकार र अवसर प्राप्तिका लागि महिला आफै अघि बढेर  संघर्ष गर्नु पर्ने र मात्र नारीले समान दायित्व, भूमिका र अवसरका साथ राष्ट्र–निर्माणमा अवसर प्राप्त गरेर अघि बढ्न सक्ने उनले बताइन्।

त्यस्तै पनौती नगरभित्रका बिभिन्न क्षेत्रमा उत्कृष्ट पेशा–व्यवसाय गरेका १७ जना महिलाहरुलाई पनौती जेसीजले सम्मान गरेको थियो । बिशेष सम्मानित हुनेमा श्री मच्छे माया जंगम (सामाजिक), सुनीता ताम्राकार (शिक्षा), शिला अमात्य (पर्यटन व्यवसाय) र सरस्वती कडेल (शिक्षा) छन्।

त्यस्तै  ललिता कर्माचार्य (उद्यम), सानु माया कट्टेल (शिक्षा), जयन्ती हुमागाई (सहकारी), मनिषा श्रेष्ठ(सामाजिक), उर्मिला श्रेष्ठ (सामाजिक), जमुना पसछें (सामाजिक), भगवती श्रेष्ठ (सामाजिक), सुनी लामा (शिक्षा) र शुसिला लामिछाने (सामाजिक) पनि सो कार्यक्रममा आफ्नो आफ्नो क्षेत्रबाट सम्मानित भए ।

पनौती जेसीजका अध्यक्ष तथा कार्यक्रमका सभापति अनिस ब्लोन लामाले जेसीज एक स्वतन्त्र संस्था रहेको र यसले युवाहरुको व्यतित्व एवं नेतृत्वमा जहिले पनि अग्रणी भूमिका खेलेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ