arrow

विप्लव समूहलाई चन्दा दिनेमाथि समेत कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी 

logo
प्रकाशित २०७५ चैत १० आइतबार
Home_ministry_nepal.jpg.jpeg

काठमाडौं । गृह मन्त्रालयले नेत्र विक्रम चन्द नेतृत्वको समूहलाई चन्दा नदिन सबै नेपालीलाई आग्रह गरेको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सो समूहलाई चन्दा नदिन र जवर्जस्ती गरे प्रहरीलाई सम्पर्क गर्नको लागि आग्रह गरेको छ । 

जारी विज्ञप्तीमा यदि कसैले सो समूहलाई चन्दा दिएमा चन्दा दिने माथि कानून बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ । मन्त्रिपरिषद्को फाल्गुन २८ गतेको बैठकले विप्लव समूहलाई आपराधिक समूहको सूचीमा राख्ने निर्णय गरेको थियो । 

फाल्गुन २८ गतेको मन्त्रिपरिषद् बैठकले आपराधिक र विध्वंसात्मक क्रियाकलापहरु नियन्त्रण गर्दै देशलाई द्वन्द्वमा फसाउन खोज्ने समूहहरुलाई निरुत्साहित गरी मुलुकमा दिगो शान्ति, सुरक्षा तथा अमन चयन कायम गर्न उक्त नामको समूह एवं त्यस्तो कार्यमा संलग्न अन्य व्यक्ति वा समूहद्वारा सञ्चालन  गरिने गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न वा सहयोग पुर्याउने व्यक्ति संस्था वा समूहहरुलाई आधिकारिक तथा विध्वंशकारी समूहको रुपमा घोषणा गरेको थियो । 

समूहको प्रलोधन र धम्कीको प्रलोभनमा नपर्न तथा यदि कोही कसैबाट जवर्जस्ती आर्थिक सहयोग माग्नको लागि धम्की दिने र त्रास सिर्जना गर्ने काम गरेमा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत गृहले भनेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ