arrow

प्रधानमन्त्रीले भने 'गिरिशचन्द्र लालको प्रतिवेदन सहि नै छ भन्ने छैन'

logo
प्रकाशित २०७५ चैत १० आइतबार
oli-parlinment.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गिरिश चन्द्र लाल नेतृत्वको टोलीले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न ठूलो कुरा नभएको स्पष्ट पारका छन् । आईतबार प्रतिनिधि सभाको तेस्रो अधिवेशनको अन्तिम दिन सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

टीकापुर हत्या काण्डको बारेमा अध्ययन गर्नको लागि गठित सो समितिले बुझाएको प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन । सो प्रतिवेदनलाई अध्ययन चलिरहेको भन्दै सरकारले सार्वजनिक गर्न चाहिरहेको छैन । सोही विषयमा आपत्ति जनाउँदै राष्ट्रिय जनता पार्टीले पटक पटक संसद् अवरुद्ध समेत गर्दै आएको छ । 

प्रधानमन्त्री ओलीले कुनै पनि प्रतिवेदनमा लेखिएको विषयहरु सबै शतप्रतिशत सहि हुन्छ नै भन्ने नरहेको समेत बताए । उनले सो बारेमा सरकारले केही समयमा नै सो प्रतिवेदन सार्वजनिक गर्ने जानकारी दिए । राजपाले पटक पटक आग्रह गरेको र संसद नै अवरुद्ध गरेपछि सभामुख कृष्णबहादुर महराले पटक पटक प्रतिवेदन सार्वजनिक गर्न रुलिङ गरेको भएपनि सरकारले सो प्रतिवेदन सार्वजनिक गर्न चाहिरहेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ