arrow

कम्युनिष्ट मुक्त नेपालको नेतृत्व कांग्रेसले गर्छ : रमेश लेखक

logo
प्रकाशित २०७५ चैत १० आइतबार
ramesh-lekhak3.jpg

बैतडी । नेपाली कांग्रेसका नेता रमेश लेखकले कम्युनिष्ट मुक्त नेपालको नेतृत्व नेपाली कांग्रेसले गर्ने बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिती बैतडीद्वारा डिलासैनी गाँउपालिकामा आयोजित अन्तर्कृया कार्यक्रममा यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी लेखकले नेपाली कांग्रेसको नेतृत्वमा राणा शासन , निरंकुश पन्चायत,  राजाको प्रत्यक्ष शासन र १० बर्षसम्म माओवादीको हत्या , हिंसा र आतंकको अन्त्यको नेतृत्व गरि गणतन्त्र स्थापना गरेकाले अब नेपालबाट कम्युनिष्ट मुक्त नेपालको नेतृत्व पनि कांग्रेसले नै गर्न सक्ने बताए ।

कम्युनिष्ट सरकार आफ्नै कारणले ढल्ने बताउदै कांग्रेस केन्द्रीय सदस्य रहेका लेखकले भने,'सरकारले जनता समक्ष बोलेका झुठ्ठा कुरा प्रती जनता निराश र  कामकारबाही प्रती सतारुढ पार्टीभित्र नै असन्तुष्टि बढेको छ । कम्युनिष्टलाई संघीयता र गणतन्त्र आन्दोलनबाट आउँछ भन्ने कुरामा बिश्वास नै थिएन ।'

जिल्ला कार्य समिती सभापति नेरेन्द्र सिंह थापाले कम्युनिष्ट सरकार संघीयता बिरोधी रहेको बताए । उनले  २०६२/६३ मा बिस्तृत शान्ति सम्झौतामा  एमालेका नेताहरुको घरमा गएर हस्ताक्षर गराएको स्मरण गराए ।

पुर्व राज्यमन्त्री नर बहादुर चन्दले सुदृढ र एकताबद्ध कांग्रेसले मात्र कम्युनिष्ट सरकारबाट निरास जनतालाई आशाबादी बनाउन सकिने बताए । उनले बर्तमान सरकारबाट संविधान असुरक्षित रहेको र सरकारका गतिविधि संविधान बिपरितका गतिबिधी बढदै गएकाले सघीयता नै जोखिममा रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ