arrow

बालुवाको ढिस्कोमा पुरिएर महिलाको मृत्यु

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ चैत १० आइतबार
dead2.jpg

बझाङ। बझाङको केदारस्यूँ  गाउँपालिका  ४ सुदाडा घर भएकी मना देबी भट्टको आईतबार पहिरोमा पुरिएर मृत्यु भएको छ । उक्त घटनामा अन्य सोही गाउँका तिन जना महिलाहरु हर्का देबी भट्ट, कालुदेबी भट्ट र जनकी देबी भट्ट घाईते भएकी छन् ।

गाउँ नजिकै रहेको सुदाडा  सिचाई कूलो निर्माण गर्नका लागी सिल्लेखमा  बालुबा निकाल्ने क्रममा  बालुवाको ढिस्कोले च्यापेर  मना देबीको घटनास्थलमै मृत्यु भएको हो । अन्य महिलाहरु तिन जना महिला घाईते भएकी छन्  । घाईते दुई जना महिलाहरुको देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको र घाईते कलु देबी समान्य उपचार पछि घर लिएको  प्रहरी नायव उपरिक्षक प्रबिण घितालले बताए।

उनले भने अन्य दुईको उपचार भई रहेको छ । सिचाईकूलो मर्मतका लागी वडा कार्यालयबाट रकम परेको हुदा स्थानीय उपभोक्ताहरुले मजदुरी काम गरि रहेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ