arrow

सरकारलाई दिएको समर्थन फिर्ता लिनसक्ने फोरमको चेतावनी 

logo
प्रकाशित २०७५ चैत १० आइतबार
forum.png

काठमाडौं । संघीय समाजवादी फोरम नेपालले सरकारलाई परम्परागत रुपमा चल्ने हो भने समर्थन फिर्ता लिने चेतावनी दिएको छ । आईतबार प्रतिनिधि सभाको तेस्रो अधिवेशनको अन्तिम बैठकमा संघीय समाजवादी फोरमको तर्फबाट दलीय प्रतिनिधिको रुपमा बोल्दै पार्टी नेता राजेन्द्र श्रेष्ठले सरकारले पहिलो वर्षलाई विकासको आधार वर्ष मानेको कुरा स्वभाविक भएको भन्दै यदि अब पनि यस्तै गरी परम्परागत रुपमा चल्दै जाने हो भने चाहिँ फोरमले सधैं नेकपा नेतृत्वको सरकारलाई समर्थन गर्न नसक्ने स्पष्ट पारेका छन् । 

उनले हामी दोहोरो अंकको आर्थिक बृद्धिको सपना देख्छौं तर हाम्रा कर्मचारीलाई दिने तलब समेत बाहिरबाट ल्याउनु पर्ने अवस्था रहेको औल्याए । उनले भने यदि सरकारले समृद्ध नेपालको परिकल्पना साकार गर्ने हो भने हाम्रा कर्मचारीलाई खुवाउने तलब कम्तिमा राजश्वबाट उठाउनु पर्छ । अहिलेसम्म २ खर्ब पनि पुँजीगत खर्च गर्न सकेका छैनौं । डबल डिजिटमा विकास गर्ने हो भने १५ खर्ब रुपैयाँको विकास बजेट खर्च गर्नुपर्छ । 

सामान्य कार्य सञ्चालनको लागि हो भने त सरकारलाई त दुई तिहाई बहुमत नै नचाहिने भन्दै फोरम नेपाल नभएपनि नेकपासँग सरकार चलाउन सक्ने शक्ति रहेको उनले बताए । उनले दुई तिहाई बहुमत भएमा संविधानसँग असन्तुष्ट पक्षलाई समेट्ने गरी अघि बढ्न सकियोस् भन्नको लागि मात्रै सरकारलाई समथैन गरिएको भन्दै उनले यस तर्फ सरकार अघि नबढ्ने हो भने आफूहरु पनि सरकारलाई दिएको समर्थन फिर्ता लिन बाध्य हुने चेतावनी दिएका हुन् । 

उनले त्यस्ता अफ्टेराहरुलाई समाधान गर्दै जानेतर्फ सरकार नदेखिएको आरोप समेत लगाएका छन् । उनले सरकारलाई फोरमले यसको लागि दुई पक्षीय कार्यदल बनाउन सुझाव दिएकोमा त्यो पनि काम नगरेको र आफूहरुको समेत धेरै मागहरु पूरा नभएको गुनासो पनि उनको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ