arrow

एकीकृत जाँच चौकीमा आगलागी

logo
प्रकाशित २०७५ चैत १० आइतबार
fire.jpeg

पर्सा । वीरगञ्जको सिमावर्ती भारतीय शहर रक्सौलस्थित एकीकृत जाँच चौकी (आइसिपी)मा आज आगजानी भएको छ । घाँस काट्न गएका व्यक्तिले फालेको चुरोटको ठूटोबाट आइसिपीको पूर्वतर्फको चौरमा आगलागी भएको हो ।

आगलागीबाट चौरमा रहेका सयौँ रुख जलेर नष्ट भएका छन् । आगलागीबाट आइसिपीमा खासै नोक्सानी नभएको एकीकृत जाँच चौकी रक्सौलका प्रमुख सन्तोष कुमारले जानकारी दिए। उनले चौरमा लागेको आगो रक्सौलबाट आएको बारुणयन्त्रको मद्दतले निभाइएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ