arrow

ओली–प्रचण्ड शारीरिक रुपले दुई मानसिक रुपले एक

सरकारको नेतृत्व अब प्रचण्डले गर्ने संकेत

logo
प्रकाशित २०७५ चैत ११ सोमबार
prachanda-oli.png

काठमाडौं । बम बोकेर बस्ने विप्लव नेकपासंग सरकारले वार्ता गर्न नसक्ने नेकपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले बताएका छन् । 

उनले बन्दूक बोक्न छोडेर वार्ता आउने हो भने विप्लवलाई जहिले पनि स्वागत गर्ने उनले बताए । सिके राउतले आफ्नो पूर्व स्थिति त्यागेर संविधान मान्छौं भनेर मुलधारको राजनीतिमा आएको भन्दै त्यो सफलता भएको नेता पौडेलले बताए । 

संविधानको सीमा नाघेर राउत बाहिर जान नसक्ने दावी पौडेलको छ । बाहिर एउटा र भित्र एउटा हुन्छ भनेर पृथक कुरा नगर्न पनि उनले आग्रह गरेका छन् । 

११ बुँदे सहमतिभन्दा बाहिर कुनै पनि सहमति सरकारले नगरेको दावी पनि पौडेलले गरेका छन् । उनलाई सम्मान पनि गर्नुपर्ने पौडलको भनाइ छ । स्वागतयोग्य कदमलाई अनेक आशंका नगर्न पनि पौडेलले बताएका छन् । 

दुई अध्यक्षबारे यस्तो भनाइ
नेकपा महासचिव पौडेलले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड शारीरिक रुपमा दुई वटा भए पनि मानसिक रुपमा एक भएको बताएका छन् । 

उनले भने, ‘उहाँहरु मेन्टल्ली एक हुनुहुन्छ । दुई अध्यक्ष शारीरिकमा दुई वटा छन् तर मानसिक रुपमा एक हुनुहुन्छ ।’

उनले भने, ‘कसैले पनि उहाँहरुलाई दुई देख्ने प्रयास नगरे पनि हुन्छ । नेकपाभित्र विग्रहको खोजी गर्नेहरु छन् । यो व्यर्थको कोशिस कसैले नगरे पनि हुन्छ ।’ 

उनले नेकपाभित्रै सरकारको आलोचना भएको बारेमा भने, ‘माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमहरुले सरकारको विरोध गरेको मलाई लाग्दैन । प्रधानमन्त्री स्वयंले अझै धेरै काम गर्न बाँकी रहेको स्वीकार्नु भएको छ ।’ 

पार्टीमा गुट नभएको दावीसमेत उनले गरेका छन् । पार्टीको अध्यक्ष स्वयंले गुट किन बनाउनु पर्यो ? अध्यक्षले कहीं गुट चलाउँछ ? उनले उल्टै प्रतिप्रश्न गरे । 

उहाँहरुबीचका छलफलहरु सबै कुराहरु बाहिर नआउने भन्दै पौडेलले बाहिर नआएका कुरालाई गोप्य भन्ने हैन भन्दै स्पष्ट पारे – ‘ओली ज्यूले पाँच वर्ष सरकारको नेतृत्व सम्हाल्नेमा शंका नगरौं ।’

उनले अगाडि थपे, ‘पहिलो तथ्य यो भए पनि दुई अध्यक्षलाई एक अध्यक्ष बुझ्नुस् । त्यो गलत हो । उहाँहरु एउटै हो ।’

यसबाट भने उनले प्रचण्ड पनि प्रधानमन्त्री बन्न सक्ने संकेत गरेका छन् । 

बाहिर चर्चामा पाँच वर्षे सरकारको नेतृत्व आलोपालो गर्ने भन्ने भएको छ । यदि यो हो भने महासचिव पौडेलले गरेको तर्क सही हुन सक्छ । 

दिमाग एउटै चलेपछि शरीर फेरिरहँदा के भयो र । कहिले ओली प्रधानमन्त्री त कहिले प्रचण्ड प्रधानमन्त्री ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ