arrow

पार्टीलाई बलियो बनाउन नेतृत्वदेखि नै सुधार गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

logo
प्रकाश मैनाली,
प्रकाशित २०७५ चैत ११ सोमबार
ramchandra-poudel3.jpg

सर्लाही । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई बलियो बनाउन नेतृत्वदेखि नै सुधार गर्नुपर्ने बताएका छन् । सोमबार सर्लाहीको ईश्वरपुरमा नेपाल महिला सङ्घ सर्लाहीले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै कांग्रेस वरिष्ठ नेता पौडेलले पार्टी भित्र सुधारसहितको एकता हुनुपर्नेमा जोड दिए ।

नेता पौडेलले न्याय, निष्पक्षता र पारदर्शी मूल्याङ्कन हुनुपर्ने बताउँदै सबैसँग निष्पक्ष व्यवहार हुनुपर्ने बताए । नेतृत्वले जे भन्यो त्यही कुरालाई आँखा चिम्लिएर स्वीकार गर्नुपर्ने अन्यायपूर्ण अवस्था रहे एकता हुन नसक्ने वरिष्ठ नेता पौडेलको भनाई छ ।

फरक प्रसङ्गमा उनले वर्तमान कम्युनिष्ट सरकार पक्षपाती सरकार भएको आरोप लगाए । पौडेलले सरकारले नागरिकको अधिकार, बजेट बाँडफाँड र विकास निर्माणमा पक्षपात गरेको आरोप लगाए ।

उनले माघ २९ गते सर्लाहीका सञ्चारकर्मी सोम दियाली माथि आक्रमण भएको लामो समय भैसक्दा समेत सरकारले नै घटनामा संलग्नलाई संरक्षण गरेर तानाशाही व्यवहार प्रदर्शन गरेको आरोप लगाउँदै घटनाको भर्त्सना गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ