arrow

कांग्रेसमा भावनात्मक एकताका लागि महामन्त्री कोइरालाको अभियान

logo
प्रकाशित २०७५ चैत ११ सोमबार
sasank-new-pc.jpg.jpeg

बर्दिया । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले आफु कांग्रेसमा भावनात्मक एकताका लागि अभियान थालेको बताएका छन्।

बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनपछि ठाकुरबाबा नगरपालिकामा कांग्रेस नेता कार्यकर्ताहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले मुलुकमा कम्युनिष्टहरु एक भएको अवस्था कांग्रेसमा भावनात्मक एकता नभई नहुने बताए ।

उनले आफुले कांग्रेसमा भावनात्मक एकताको अभियान थालेको भन्दै आम नेता कार्यकर्ताहरुलाई साथ दिन पनि अपिल गरेका छन् । उनले भने–‘मुलुक कम्युनिष्टमय भएको छ । यो अवस्थामा कांग्रेसमा भावनात्मक एकता भएन भने लोकतन्त्रमाथि पनि खतरा छ । त्यसैले अब कांग्रेसमा भावनात्मक एकता जरुरी भइसक्यो । मैले त्यही भएर कांग्रेसमा भावनात्मक एकता गराउने अभियान सुरु गरेको हो ।’

महामन्त्री कोइरालाले कम्युनिष्टहरु निरकुशतातर्फ अगाडि बढेको आरोप लगाएका छन्। उनले प्रधानमन्त्रीले सेनालाई आफ्नो मताहतमा राखेर निरकुशतातर्फ उन्मुख हुन लागेको पनि बताए ।

कोइरालाले भने–‘राजनीतिबाट मुक्त रहेको नेपाली सेनालाई प्रधानमन्त्री मातहतमा ल्याएर सेनामाथि नियन्त्रण गर्न खोजिदै छ । यसले मुलुकको लोकतन्त्रमाथि खतरा सुरु भएको छ ।’

उनले सरकारले मुलुकलाई द्धन्दमा फसाउन खोजेको पनि बताए । उनले नेत्रबिक्रम चन्द नेतृत्वको असंतुष्टिलाई समयमा नै समाधान गर्नुको साटो प्रतिबन्ध लगाएर मुलुकलाई द्वन्दमा फसाउन सरकार लागेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ