arrow

रोम विधान अनुमोदन गर्न आग्रह

logo
प्रकाशित २०७५ चैत ११ सोमबार
hurpes.jpg.jpeg

काठमाडौँ ।राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग मानव अधिकार तथा शान्ति समाजले मुलुकबाट दण्डहीनताको अन्त्यका लागि अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधानलाई अनुमोदन गर्न आग्रह गरेको छ ।

अध्यक्ष तिमिल्सिनालाई आज समाजका सभापति उत्तम पुडासैनीसहितको टोलीले भेट गरी रोमविधानले दण्डहिनता अन्त्य गर्न सहयोग पुर्‍याउने भएकोले सोको अनुमोदन गर्न आग्रह गरेको हो । भेटमा अध्यक्ष तिमिल्सिनाले मानव अधिकारको प्रत्याभूति र शान्तिको सुनिश्चितता नै लोकतन्त्रको विशेषता भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय फौजदारी अदालतको विधान अनुमोदनका लागि पहल गर्ने प्रतिवद्धता जनाए।

शान्ति समाजले सन १९९८ देखी नै रोम विधानलाई नेपालले अनुमोदन गर्नुपर्ने भन्दै निरन्तर अभियान सञ्चालन गर्दै आएको छ । सन् १९९८ मा विधान पारित भई सन् २००२ को जुलाईमा स्थापना भएको अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधानलाई हालसम्म १२३ देशले अनुमोदन गरिसकेका छन् । समाजले प्रत्येक वर्ष चैत १७ गते सद्भाव प्रवद्र्धन, हिंसा र घृणा खारेजी एवं दण्डहीनता अन्त्यका लागि योगदान गर्न सबै पक्षलाई आग्रहसहित अभियान सञ्चालन गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ