arrow

निलम्बित डिएसपी जिसीको बयान मंगलबार

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७५ चैत ११ सोमबार
Angur.jpg

कञ्चनपुर।  बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिया निर्मला पन्त प्रकरणमा मुछिएका केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीका डिएसपी अंगुर जिसीको बयान शुरु भएको छ । सोमबार बिहान अदालतमा उपस्थित भएका डिएसपी जिसीको बयान शुरु भएको हो ।
 
उनी सहित आठ प्रहरी बिरुद्ध निर्मला पन्तकी आमा दुर्गादेवि पन्तले सार्वजनिक न्याय कसुर र ४ भदौँमा सार्वजनिक गरिएका दिलिपका दाजु खडक सिह विष्टले यातना बिरुद्धमा दायर गरेको मुद्दा लागेका पुर्व डिएसपी जिसी सोमबार दिउँसो ११ बजेतिर आफै जिल्ला आदालत कञ्चनपुरमा उपस्थित भएका थिए ।

 जिल्ला अदालत कञ्चनपुरका श्रेष्तेदार हरिकृष्ण अवस्थीले जिल्ला न्यायाधिश डा. राजेन्द्र कुमार आचार्यको उपस्थितिमा बयान गरिएको बताए । ‘आज बयान सकिएन, ‘श्रेस्तेदार अवस्थीले भने, ‘हामीले जिसीलाई प्रहरीको जिम्मा लगाएका छौँ ।’ मंगलबार बिहान १० बजे आदालतमा उपस्थित गराउने हिसाबले जिसी प्रहरीको नियन्त्रणमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ