arrow

बिगार्यो चैते मौसमले, यस्तो छ सम्भावना

logo
प्रकाशित २०७५ चैत १२ मंगलबार
weather.jpg

काठमाडौँ । चैतको हावाहुरीसहित आएको वर्षाले ठूलो क्षति ल्याउने संकेत दिएको छ । सोमबार साँझदेखि एकाएक बिग्रिएको मौसमले केही दिन असर गर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । 

मंगलबार बिहानै काठमाडौँ उपत्यका लगायतमा वर्षा भएको छ । अझै थप वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

दिउँसो देशका अधिकांश स्थानहरूमा सामान्यदेखि पूर्ण बदली रही पहाडी भूभागहरूमा केही स्थानहरुमा मेघ गर्जनसहितको हल्का वर्षाको संभावना रहेको 
छ। उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हल्का हिमपातको सम्भावना रहेको समेत महाशाखाले भनेको छ ।

 त्यस्तै मंगलबार राति मध्य र पुर्वी पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ भने पश्चिमी भुभागहरुमाआंशिक बदली हुने देखिन्छ ।

मध्य र पुर्वीपहाडी भेगका एक दुइ स्थानहरुमा मेघ गर्जन सहितको छिटपुटदेखि हल्का वर्षाको संभावना रहेको समेत महाशाखाले जनाएको छ।

बुधबार दिउँसो देशको पूर्वी  भूभागमा र अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहि बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने छ । पूर्वी भेगका एक दुई स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट वर्षाको संभावना देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

बुधबार राति पहाडी भूभागहरुमा आंशिक बदली रहने र बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने समेत जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ