arrow

सरकारको कदमविरुद्ध प्रतिबन्ध र आमहड्तातको योजना बनाउँदै विप्लवको नेकपा

logo
प्रकाशित २०७५ चैत १२ मंगलबार
biplab-maobadi.jpeg

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको पार्टी नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाएपछि विप्लव समूहले पनि आफ्ना गतिविधिहरु बढाउँदै लगेको छ । 

सरकारले विप्लव समूहलाई हत्या र हिंसाको राजनीति हुनै नसक्ने भन्दै प्रतिबन्ध लगाएको जनाएको छ । सरकारले धमाधम विप्लवका नेता तथा कार्यकर्तालाई पक्राउ गरिरहेको छ । 

सो पक्राउको विरोध गर्दै विप्लव समूहले विभिन्न आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको छ । 

प्रतिबन्धित पार्टीले चैत १३ गते बुधबारदेििख चैत २४ गतेसम्मका कार्यक्रम सार्वजनिक गरेको छ । 

विज्ञप्ति जारी गर्दै नेकपाले बुधबार देशभर चोक जुलुस निकाल्ने र बिहीबार देशभर कोणसभा गर्ने जनाएको छ । 

त्यसैगरी आगामी शनिबार नेपाल बन्द गर्ने नेकपाले जनाएको छ । 

प्रतिवन्धित नै भए पनि पार्टी महासचिव विप्लवको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा कोणसभा, जुलुस र अन्तक्र्रियामा जोड दिइएको छ । 

सरकारले भने चैत भित्रै हतियार बुझाएर वार्तामा नआए अझ कडा कार्वाही गर्ने जनाएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले चैतभित्र सबै नेकपालाई पक्राउ गरिसक्ने समेत जनाएका छन् । 

उनले हतियार बुझाएर तत्काल वार्तामा आउन समेत आग्रह गरेका छन् । वार्तामा नआए परिणाम भोग्न पनि उनले चेतावनी दिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ