arrow

कांग्रेस नेता सिटौला अस्पतालबाट डिस्चार्ज

logo
प्रकाशित २०७५ चैत १२ मंगलबार
sitaula2.jpg

काठमाडौं । नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला अस्पतालबाट डिस्चार्ज भएका छन् ।

गत शुक्रबार अकस्मात बिरामी भएर धुम्बाराहीस्थित ह्याम्स अस्पतालको आइसीयुमा रहेर उपचार गराएका सिटौलाको स्वास्थ्यमा सुधार आएपछि मंगलबार बिहान डिस्चार्ज गरिएको हो । 

उनको शरीरमा रगतको मात्रा कम भएकाले रगत दिइएको थियो । रक्तचापसमेत न्यून भए पछि उनलाई आइसीयुमै राखेर उपचार गरिएको थियो । 

बिहान अस्पतालबाट डिस्चार्ज भएको उनका सहयोगी किरण सिटौलाले जानकारी दिएका छन् ।

अस्पतालबाट बिदा हुँदै सिटौलाले उपचारमा संलग्न चिकित्सक, शुभेच्छुक र शुभचिन्तकलाई धन्यवाद दिएका छन् । 

सिटौलाले अब घरमै रहेर केही दिन आराम गर्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ