arrow

प्रचण्ड पोर्टफोलियो बिर्सेर अमेरिकामा भौँतारिँदै

logo
प्रकाशित २०७५ चैत १२ मंगलबार
prachanda-america-visit.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो पोर्टफोलियो बिर्सेर अमेरिकामा भौँतारिँदै आएका छन् । 

दुई पटक प्रधानमन्त्री भइसकेका प्रचण्डले आफ्नो हैसियत बिर्सेर जथाभावी भेट गर्दै हिँडिरहेको खुलेको हो । 

गत साता बाल्टिमोरस्थित जोन्स हप्किन्स अस्पतालमा श्रीमती सीता दाहालको उपचारको क्रममा देखिएका प्रचण्ड त्यसपछि अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीको निवासमा गोप्य भेटघाटमा व्यस्त रहेका हुन् । 

उनको गोप्य भेट र राजनीतिक गतिविधिको सम्पूर्ण समन्वय कार्कीले नै गरिरहेका छन् । प्रचण्डलाई सोमवार बिहानै अमेरिकी विदेश मन्त्रालयकी एक कर्मचारीसंग उनले भेट गराएका थिए । 

यो भेटलाई राजदूत कार्कीले उल्लेख्य उपलब्धि ठानेका छन् भने प्रचण्ड स्वयंले समेत यसलाई राजनीतिक सम्पर्क स्थापित गरेको अर्थमा व्याख्या गरेका छन् ।

तर के उनले आफ्नो मर्यादालाई कायम राख्न सके त ? भन्ने प्रश्न अहम् बनेको छ । सोमबार प्रचण्डले नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट एच डेलिसीलाई निवासमा भेटेका छन् । 

दुई पटक प्रधानमन्त्री भैसकेका प्रचण्डले अमेरिकी विदेश मन्त्रालयका एक कर्मचारीसंग उनकै कार्यकक्षमा पुगेर फोटो सेसन गराउनुलाई निकै फरक ढंगले बुझिएको छ । 

सोही तस्वीर प्रचण्ड पुत्री गङ्गा दाहालले फेसबुक वालमा पोष्ट गरेकी छिन् । प्रचण्डले सोमबार विदेश मन्त्रालयमा नै पुगेर भेट गरेका कर्मचारी एलिस जी वेल्स हुन् ।

प्रचण्ड बसेको ठाउँमा आएर भेट्नुपर्ने कर्मचारीले उल्टो प्रचण्डले नै कर्मचारीको कक्षमा गएर भेट गर्नु शिष्टाचार र कुटनीतिक मर्यादा पटक्कै होइन। यसमा हाम्रो राजदूतावास र प्रचण्ड स्वयम् चुकेको देखियो ।

त्यसैगरी सोमबार प्रचण्डले मेरिल्याण्ड राज्यको प्रदेश संसदको अवलोकन गरेका छन् । नेपाली मुलका मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारीले उनलाई स्वागत गरेका छन् । 

पत्नी सीता दाहाल बिरामी भएपछि अमेरिकामा  उपचार गर्न गएका प्रचण्डले कतै कुटनीतिक मर्यादा त भुलेका छैनन् भन्ने प्रश्न खडा भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ