arrow

सांसद डिला संग्रौलाले सरकारलाई भनिन् – जनताले शान्ति र शुसाशनको महसुस किन गर्न पाएनन् ? 

logo
प्रकाशित २०७५ चैत १२ मंगलबार
dila-sangraula.jpg

नवलपुर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सासंद डा डिला संग्रौलाले बहुमतको सरकार आएको एक वर्ष पुगिसक्दा पनि जनताले विकास र समृद्धिको महसुस गर्न नपाएको बताएकी छिन् । 

पूर्वी नवलपरासीको कावासोतीमा मंगलबार बिहान संचारकर्मीहरुसंग कुरा गर्दै सांसद संग्रौलाले मुलुकमा भष्ट्रचार, महंगी र कालो बजारी मौलाएको बताउँदै शान्ति र शुसासन कायम हुन नसकेको बताइन् । 

उनले सरकारलाई प्रश्न गरिन् –जनताले शान्ति र शुसाशनको महसुस किन गर्न पाएनन् ? 

उनले कहिले वाईडबडी, मेलम्ची, बुढिगण्डकी जलविद्युत, सुनकाण्ड लगायत विभिन्न काण्ड नै काण्डमा मुछिएको सरकार शुसाकनलाई सिरानीमुनी लुकाएर हिँडेको आरोप लगाइन् । 

सरकारले ९४ प्रतिशत भन्दा बढी अपराध नियन्त्रण गरेको बताए पनि आठ महिना पुग्दासम्म निर्मला पन्तका हत्यारालाई सिहंदरवार, वालुवाटारमा सरकारले नै संरक्षण गरेर राखेको दावी उनको छ । 

अझै पनि महिलाहरुलाई नेता नभनेर नेत्री भनेर बोलाउने परिपाटीको अन्त्य नभएको हुँदा महिला नेत्री होईन नेता बन्ने अभियानमा लागेको समेत उनले बताइन् । 

नेतृत्वमा आएका महिलाहरु नीति निर्माणको तहमा जानुपर्ने बताउँदै सासंद संग्रौलाले अब महिला आरक्षणमा मात्रै समित नभई ३३ प्रतिशत प्रत्यक्ष निर्वाचनमा जानुपर्नेमा जोड दिइन् । 

सबै राजनितीक पाटीको विधान र नीति महिला मैत्री नहुँदा र टिकट दिने बोर्डमा महिला नपुग्दासम्म महिला नेतृत्व प्रमुख हुन नसक्ने दावी गरिन् । 

सासंद संग्रौलाले भनिन् “संविधानले वाध्यकारी बनाउँदा स्थानिय तहमा उप्रमुख र उपाध्यक्षमा टिकट दिए, प्रदेश र संघमा बाध्यकारी नबनाउँदा समानुपातिकबाट एक तिहाई महिला पुर्याए । अब एक तिहाईमा हामी रमाउने होईन ३३ प्रतिशत प्रत्यक्ष निर्वाचनमा जाने हो । त्यसको लागि सबै महिलाहरु जागरुक भएर नेतृत्वमा आउनु पर्यो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ