arrow

कांग्रेसको अनुशासन समिति एक्सनमा, कार्यकर्ताको सामाजिक सञ्जाल पनि निगरानीमा

logo
प्रकाशित २०७५ चैत १२ मंगलबार
congress-flag.jpg

काठमाडौं I नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले आफ्नो कार्यविधी बनाएको छ ।

पहिलो वैठकबाटै समितिले पार्टीका कुनै पनि सदस्यले पार्टी हित विपरितका कुनै पनि काम, कारवाई र गतिविधि गरेको भएमा त्यस्ता काम, कारवाई र गतिविधिका विरुद्धमा प्रमाण सहित २०७५ चैत्र मसान्तभित्र केन्द्रीय अनुशासन समिति समक्ष प्राप्त हुन आएका उजुरीहरु उपर मात्र केन्द्रीय अनुशासन समितिले छानवीन गरी निर्णय गर्ने जनाएको छ I

साथै समितिले पार्टीका कुनै पनि नेता तथा कार्यकर्ताले पार्टी हित विपरितका काम, कारवाई र गतिविधिहरु लिखित रुपमा, अभिव्यक्तिद्वारा वा सामाजिक सञ्जाल मार्फत सार्वजनीक रुपमा प्रकट गरेमा त्यस्ता काम, कारवाई र गतिविधिहरु पार्टी विधान र नियमावली बमोजिम केन्द्रीय अनुशासन समितिको क्षेत्राधिकारभित्रको विषय हुने भएकोले त्यस किसिमका गतिविधिहरु नगर्न नगराउन समेत सचेत गराएको छ I

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको प्रथम बैठक समितिका संयोजक केन्द्रीय सदस्य भीष्मराज आङ्गदम्वेको अध्यक्षतामा बस्यो । आजको बैठकले देहाय बमोजिम निर्णय गरेको छ ।

निर्णय 

१ नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि २०७५ लाई पारित गरियो ।

२ पार्टीका कुनै पनि सदस्यले पार्टी हित विपरितका कुनै पनि काम, कारवाई र गतिविधि गरेको भएमा त्यस्ता काम, कारवाई र गतिविधिका विरुद्धमा प्रमाण सहित २०७५ चैत्र मसान्तभित्र केन्द्रीय अनुशासन समिति समक्ष प्राप्त हुन आएका उजुरीहरु उपर मात्र केन्द्रीय अनुशासन समितिले छानवीन गरी निर्णय गर्ने व्यहोरा यसै सूचना मार्फत जानकारी गराईन्छ ।

३ पार्टीका कुनै पनि नेता तथा कार्यकर्ताले पार्टी हित विपरितका काम, कारवाई र गतिविधिहरु लिखित रुपमा, अभिव्यक्तिद्वारा वा सामाजिक सञ्जाल मार्फत सार्वजनीक रुपमा प्रकट गरेमा त्यस्ता काम, कारवाई र गतिविधिहरु पार्टी विधान र नियमावली बमोजिम केन्द्रीय अनुशासन समितिको क्षेत्राधिकारभित्रको विषय हुने भएकोले त्यस किसिमका गतिविधिहरु नगर्न नगराउन सम्बन्धित सबैमा यसै सूचना मार्फत जानकारी गराईन्छ ।

कृष्णप्रसाद पौडेल

मुख्य सचिव



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ