arrow

नेतृत्वको कार्यशैलीका कारण पार्टी कमजोर : प्रकाशमान

logo
प्रकाशित २०७५ चैत १२ मंगलबार
Prakashman-Singh.jpg

पाँचथर ।  नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले नेतृत्वको कार्यशैलीले गर्दा पार्टी कमजोर भएको बताएका छन् । नेपाली कांग्रेस पाँचथरले मंगलबार सदरमुकाम फिदिममा आयोजना गरेको बिमर् कार्यक्रममा बोल्दै नेता सिंहले पार्टी नेतृत्वको कार्यशैली चित्तबुझ्दो नभएकाले पार्टी यस्तो अवस्थामा पुगेको बताए ।
 
‘कांग्रेसको बिचार एकदमै राम्रो छ,’ कार्यकर्ताहरुलाई सम्बोधन गर्दै सिंहले भने ‘राम्रो बिचार भएतापनि पार्टी नेतृत्व ठिक नभएकाले हामी कमजोर बनेका छौँ ।’ कांग्रेसको महाधिवेशनले पारित गरेको नीति तथा कार्यक्रमहरु नै पार्टीको आधिकारिक धारणा भएकाले कसैले पनि जथाभावी बोल्न नहुने उनको ठहर थियो । हरेक दिन जिम्मेवार नेताहरुले एउटै बिषयमा दिनमै फरक फरक बिचार राख्दा कार्यकर्तामा तिब्र असन्तुष्टि छाउने नेता सिंहले बताए ।

‘पार्टीलाई संस्थागत रुपमा चलाउन नसकेकै कारण विपक्षिले फाइदा उठाएका हुन् उनले भने ‘पार्टीभित्र सहमतिको आधारमा काम गर्नुपर्छ । तर,  पार्टीमा त्यस्तो भएको छैन ।' देश दौडाहामा रहेका नेता सिंहले अबको पार्टी नेतृत्व नबिन सोच भएका नेताले गर्नु पर्ने बताए । गुटको अन्त्य गर्ने नेताको खाँचो यति बेला को कांग्रेसको आवश्यकता रहेको उनले बताए ।‘अब भने पार्टीको नेतृत्व नबिन सोच भएका नेताले नै गनुपर्छ ।'

कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले बर्तमान सरकारले जनजिबिकासँग जोडिएका कुनै पनि काम गर्न नसकेकाले खबरदारि जरुरी रहेको बताए ।  दुई तिहाई बहुमतको सरकाले भ्रष्टाचारलाई संस्थागत रुपमा बिकास गरेको उनले आरोप लगाए  ‘यो सरकाले देश र जनताका लागि एउटा पनि राम्रो काम गर्न सकेन ।’ सरकाले काम भन्दा धेरै गफ मात्र गरेको उनको  भनाई थियो ।

कार्यक्रम कांग्रेस केन्द्रीय सदस्य हृदयराम थानिले कांग्रेस भित्र व्यापक सुधारको खाचो रहेको बताए ।

अर्की केन्द्रीय सदस्य सरिता प्रसाईले पार्टी जिल्ला सभापतिहरुले उठाएका जायज मुदाहरुको पकक्षमा देश भरका कार्यकर्ताको भावना जोडिएकाले आफुहरुको साथ रहने बताइन् ।

कार्यक्रममा काठमाडौ जिल्ला सभापति सबुझ बानियाँ, ईलाम सभापति हिमाल कर्माचार्य, संविधान सभा सदस्य नगेन्द्र कुमार कुमाल लगायतले पार्टी संगठन संचालन विधि प्रक्रियाबाट हुन नसकेकाले नेतृत्व सचिनु पर्ने धारणा राखे । कार्यक्रम नेपाल कांग्रेस पाँचथर जिल्ला सभापति नरेन्द्र केरुङको सभापतित्वमा भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ