arrow

राजपाको महाधिवेशन बैशाखमा पनि नहुने निश्चित

logo
प्रकाशित २०७५ चैत १३ बुधबार
rajapa_photo.jpg

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालको महाधिवेशन फेरि पर्ने सर्ने भएको छ । पछिल्लो पटक बैशाख ७,८ र ९मा तोकिएको तिथीमा महाधिवेशन नहुने करिब करिब निश्चित झै भएको छ । राजपा स्रोतका अनुसार एक दुइ दिनमै राजपाको अध्यक्ष मण्डलको बैठक बस्दै छ । सोही बैठकबाट महाधिवेशन सार्ने तयारी भएको छ । चैत ६ बाट अध्यक्ष मण्डलको संयोजकमा चयन गरिएका शरतसिंह भण्डारी बिहीबार भारतबाट स्वदेश फर्कदै छन् । उनी काठमाडौं फर्केपछि लगत्तै अध्यक्ष मण्डलको बैठक बोलाइने भएको छ । सम्भवत आगामि जेठमा महाविधेशनको तिथी तोकिने सम्भावना रहेको राजपाका एक शिर्ष नेताले बताए । उनले भने,‘कारणबश जेठमा महाधिवेशन हुन सकेन भने कात्तिकमा सर्छ ।’

चैत १५ सम्म सदस्यता वितरणनकोलागि समय तोकिएको  छ । सदस्यता वितरण्कोलागि थपिएको समय यो चौथौं  पटक हो । सुरुमा पुस १५भित्र सदस्यता वितरण गर्न समय तोकिएको थियो । त्यसपछि मिति सार्दै सार्दै चैत १५सम्म पुर्‍याइएको छ । यसअघि फागुन १५ भित्र सदस्यता वितरणको समय तोकिएको थियो ।

चैत १५ सम्म सदस्यता वितरण गरे महाधिवेशनको आन्तरिक तयारी गर्न राजपालाई करिब ३ हप्ता माात्र समय हुने छ । ३ हप्ताभित्र राजपाको वडा, गाउँ-नगर, क्षेत्रीय, जिल्ला तथा प्रदेश अधिवेशन सिद्धयाउन निकै कम सम्भावना रहेको पार्टीका नेताहरू बताउछन् । ‘त्यसैले बैशाख ७ देखि ९सम्म महाधिवेशन हुने सम्भावना धेरै नै कम छ । खाली महाधिवेशन सरेको घोषणा हुन मात्र बाँकि छ ।’ राजपाका एक पदाधिकरीले भने । राजपामा अध्यक्ष मण्डलका सदस्यहरुले अझै पनि तोकेको समयमा महाधिवेशन हुने दावी गर्दै आएका छन् तर  दोश्रो तहका सबैजसो  नेताहरु तोकेको समयमा महाधिवेशन हुनेमा विश्वस्त छैनन् । ’

महन्थ ठाकुर निकट एक नेताले अध्यक्ष मण्डलको संयोजकमा महन्थ ठाकुरलाई नल्याउदासम्म पार्टीको महाधिवेशन हुन नसक्ने दावी गरे । अवैधानिक किसिमबाट अध्यक्ष मण्डलको संयोजक परिवर्तन गरी राजेन्द्र महतोलाई संयोजकमा ल्याइएपछि महाधिवेशनको सम्भावना अनिश्चित हुँदै गएको ती नेताको भनाइ छ । उनले भने,‘अध्यक्ष मण्डलको संयोजकमा महन्थ ठाकुर नभएसम्म राजाको महाधिवेशन हुन सक्दैन ।’

२०७४ बैशाखामा राजपा गठन हुँदा अध्यक्ष मण्डलका सदस्यहरूले एक वर्ष भित्र महाधिवेशन गर्ने प्रतिबद्धता गरेका थिए । पार्टी दर्ता गर्न जादाँ निर्वाचन आयोगसमेत उनीहरुले सोही प्रतिबद्धता दोहर्‍याएका थिए । अध्यक्ष मण्डलका सदस्यहरुले गरेको प्रतिबद्धता अनुसार महाधिवेशन गर्न गत साल असारमा आयोगले पार्टीलाई ताकेता गरेको थियो । आयोगको ताकेतापछि अध्यक्ष मण्डलका सदस्यहरू पार्टीको विधान संशोधन गरी एक वर्षको ठाउँमा दुइ वर्षभित्र महाधिवेशन गर्ने जनाए । राजपा  गठन भएको २०७६ बैशाखमा दुइ वर्ष पुग्दैछ ।

राजपाको विधान अनुसार विधान संशोधन गर्ने पूर्ण अधिकार अध्यक्ष मण्डलका सदस्यहरूलाई छ । महाधिवेशनको तिथि सार्ने हो भने अब फेरि विधान संशोधन गर्नु पर्ने हुन्छ । विधान संशोधन गर्न राजपाक ६ नेताले त्यती झण्झटिलो प्रक्रिया छैन । पार्टीका ६ अध्यक्ष एक ठाउँमा बसेर तत्काल विधान संशोधन गर्न सक्छन् ।

यता, महाधिवेशन पछि राजपा एकल नेतृत्वमा जाने कि सामुहिक नेतृत्वमा जाने भन्ने विषयमा सुरुभएको विवाद कायमै छ । अध्यक्ष मण्डलका सदस्यहरूले आफ्ना कार्यकर्ताहरूलाई छल्न यतीसम्म गरेका छन् कि,पार्टीको विधान नै दुइ थरी बनाएका छन् । पार्टीको आधिकारिक विधान निर्वाचन आयोगमा बुझाएका छन् भने कार्यकर्ताहरूलाई बाड्न छापिएको विधानमा आधिकारिक विधानका केही बुँदा हटाइएका छन् ।

कार्यकर्ताहरूको बाड्न छापिएको विधानमा कायकर्ताहरूको चाहनालाई सम्बोधन गरिएको छ भने निर्वाचन आयोगमा बुझाइएको आधिकारिक विधानमा अध्यक्ष मण्डलका सदस्यहरूको चाहनालाई सम्बोधन गरिएको छ । निर्वाचन आयोगमा बुझाइएको विधानमा प्रष्टसँग महाधिवेशन पछि पनि अध्यक्ष मण्डल रहने छ भनी राखिएको छ । विधानको धारा ३१ को दफा १२ मा प्रष्टसंग भनिएको छ, ‘अध्यक्ष मण्डलको व्यवस्था आउदो महाधिवेशनपछि समेत रहने छ ।’ सो प्रावधानले महाधिवेशन पछि राजपामा अध्यक्ष मण्डल रहने देखिएको छ ।

तर कार्यकर्ताहरूलाई बाड्न छापिएको विधनमा सो बुँदा हटाइएको छ । महाधिबेशन पछि पनि अध्यक्ष मण्डल कायम रहने छ भनी बुँदा हटाएर कार्यकर्ताहरूलाई विधान बाडिएको छ ।सो विधान अहिले कार्यकर्ताको हात हातमा पुगेको छ ।

अध्यक्ष मण्डलले हालसम्म दुइ पटक विधान संशोधन गरीसकेका छन् । पहिलो पटक पार्टीको महाधिबेशनको तिथी सार्न विधान संशोधन गरेका थिए । दोश्रो पटक महाधिबेशन पछि पनि अध्यक्ष मण्डल कायम राख्न विधान संशोधन गरिएको छ ।

पार्टीका अधिकांश कार्यकर्ताहरूको चाहना भने महाधिवेशनपछि पार्टी एकल नेतृत्वमा चल्नु पर्छ भन्ने छ । गत असारको पहिलो हप्तामा बसेको राजपाको राजनीतिक समितिको बैठकले महाधिवेशनपछि राजपाको अध्यक्ष मण्डल खारेज गने निर्णय गरेको थियो । पार्टीलाई एकल नेतृत्वमा लैजान पार्टीमा एक जना मात्र अध्यक्ष राख्ने निर्णय सो समितिले गरेको थियो । तर अध्यक्ष मण्डलका सदस्यहरूले महाधिवेशन पछि पनि आफूहरू अध्यक्षमा कायम रहन विधानमै महाधिबेशन पछि पनि अध्यक्ष मण्डल कायम रहने व्यवस्था विधानमा राखेका छन् ।

राजनीतिक समितिले भने अध्यक्ष मण्डलले पार्टीलाई राम्रो हाँक्न नसकेको भन्दै पार्टीलाई एकल नेतृत्वमा लैजानु पर्ने निष्कर्ष निकालेको छ । पार्टीका एक महासचिव भन्छन,‘अध्यक्ष मण्डलको चाहना महाधिवेशन पछि पनि अध्यक्ष मण्डल राख्नु पर्ने रहे पनि कार्यकर्ताहरूको यती ठूलो दबाब छ कि उनीहरूलाई महाधिवेशन पछि एकल नेतृत्वमा जानै पर्ने बाध्यता छ ।’ पार्टीका कार्यकर्ताको यस्तो दबाबको कारण पनि  बैशाखमा महाधिवेशन हुने महाधिवेशन अनिश्चित भएको हो ।

करिब एक महिना संघीय  फोरमले राजपालाई पार्टी एकीकरण गर्न प्रस्ताव गरेको छ । फोरमको यस्तो प्रस्तावपछि पार्टी एकीकरणकोलागि गृहकार्य सुरु भएको कारण देखाउदै महाधिवेशनको तिथिी लम्ब्याउन पार्टीका ६ अध्यक्षलाई सजिलो बाहना भएको पाटीृका अर्काृ एक पदाधिकारी भन्छन् । अहिले राजपा र संघीय फोरमले एक –अर्कोलाई चिट्ठिी आदान प्रदान गर्दै वार्ता प्रक्रियालाई अघि बढाएका छन् । तर पनि तत्काल एकता हुने सम्भावना भने सम्भावना छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ