arrow

नेविसंघको बिरोध जुलुसमाथि अखिलको आक्रमण, क्षेत्रीय सभापतिसहित विद्यार्थी घाइते

logo
प्रकाशित २०७५ चैत १३ बुधबार
aakraman.jpg

मोरङ । शिक्षकहरूले लिएको दोहोरो सुविधाको विरोध गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेबिसंघ) नेता तथा कार्यकर्ताहरु माथि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वोबियू) का विद्यार्थीहरुले आक्रमण गरेका छन् ।

 शिक्षकहरूले दोहोरो सुविधा लिन नपाउने भन्दै नेविसंघ सुकुना बहुमुखी क्याम्पस एकाई समितिले निकालेको बिरोध जुलुसमाथि अखिलका विद्यार्थीहरुले आक्रमण गरेका हुन् ।
 
अखिलका विद्यार्थीहरुको आक्रमणबाट नेविसंघ क्षेत्रीय सभापति होमनाथ पोख्रेल, सुकुना बहुमुखी क्याम्पसका सभापती बिजय तोलाङ्गि , सचिब समीर सम्राट, सदस्य जीवन बस्नेत लगायतका नेता तथा कार्यकर्ताहरु घाइते भएका छन् ।  घाइतेहरुको उपचार भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ