arrow

कोशी टप्पुको जग्गा अतिक्रमण गर्न आएका माथि अश्रु ग्यास प्रहार

logo
प्रकाशित २०७५ चैत १३ बुधबार
koshi-tappu.jpg

सप्तरी  । सप्तरीको कोशी टप्पु वन्यजन्तु आरक्षभित्रको खाली जग्गा अतिक्रमण गर्न आएका सयौँ मानिसलाई प्रहरीले चार राउण्ड अश्रु ग्यास प्रहार गरी बुधबार लखेटेको छ ।  कञ्चनरुप नगरपालिका १ वैरवा नजीक आरक्षको जग्गामा घर बनाउन विभिन्न जिल्लाबाट आएका करीब पाँच सय मानिस लखेटिएका हुन् । घण्टौँसम्म खाली गर्न सम्झाउँदा नमानेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरी आरक्षबाट उनीहरुलाई लखेटेको सप्तरी प्रहरीले जनाएको छ । उनीहरुले नजीकैको मानव वस्तीमा आश्रय लिएका छन् ।

सो क्रममा मङ्गोलियन नेशनल अर्गनाइजेशनका शक्ति चाम्लिङ राईसहितलाई पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक खेम थापाले जानकारी दिए । अर्गनाइजेशन प्रदेश नं २ का इञ्चार्ज राईको अगुवाइमा सुकुम्बासी बस्ती बसाउन उनीहरु आएका हुन् । सरकारले जग्गा बाँडिरहेको भ्रम फिजाउँदै सुकुम्बासीलाई उक्त क्षेत्रमा बोलाइएको पाइएको छ ।

अर्गनाइजेशनले नै जग्गा वितरण भइरहेको हल्ला फैलाएर मानिस जम्मा गर्न लगाएको पाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताएउ । बस्ती नै बसाउने योजनाका साथ आएका उनीहरुलाई प्रहरी खटाएर जग्गा खाली गराइएको प्रजिअ पौडेलले बताए ।

घर बनाउन चाहिने सामग्री, दैनिक उपभोग्य वस्तु, खाना पकाउने ग्याससहित बालबच्चा लिएर आएका उनीहरुको घर बनाएर बस्ती बसाउने योजना रहेको प्रहरीको भनाइ छ । पक्राउ परेका राईलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ