कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिय निर्मला पन्त प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीका डिएसपी अंगुर जिसीलाई ९ लाख धरौटी तोकिएको छ । बुधबार जिल्ला न्यायाधिश डा. राजेन्द्र कुमार आचार्यको एकल इजलासबाट भएको थुनछेक बहसपछि जिसीबाट ९ लाख धरौटी लिन आदेश जारी भएको हो ।
जिल्ला आदालत कञ्चनपुरका श्रेष्तेदार हरिकृष्ण अवस्थीले यातनामा ५ लाख र प्रमाण नष्टमा ४ लाख धरौटी लिन आदेश जारी भएको बताए । उनले साढेचार बजेतिर धरौटी रकम बुझाएका थिए । दिउँसो सावा तीनबजेतिर आदेश भएको हो । आदेश भएको सवा घण्टामै जिसीले रकम बुझाएका थिए ।