arrow

बम काण्डका मुख्य योजनाकार तत्कालीन सांसद साहसहित ७ जनालाई जन्मकैद

logo
निरंजन कुमार साह
प्रकाशित २०७५ चैत १४ बिहिबार
sanjay-kr-sah_sambad.jpg

जनकपुरधाम ।  बम काण्डका मुख्य योजनाकार भनिएका तत्कालीन सांसद संजय साहलाई अदालतले जन्मकैदको फैसला सुनाएको छ। धनुषा जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले ७ जनालाई जन्मकैदको फैसला सुनाएका छन ।

जन्मकैदको सजाय पाउनेमा सञ्जय साह 'टक्ला' सहित अर्जुन सिंह भनिने मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकश चौधरी, मुकेशकुमार कर्ण, सुरेश कर्ण, रिपेन्द झा रहेका हुन् ।

२०६९ वैशाख १८ गते मिथिला राज्यको माग गर्दै मिथिला राज्य संघर्ष समितिले राखेको शान्तिपूर्ण धर्ना कार्यक्रममा विस्फोट हुँदा पाँच जनाको ज्यान गएको थियो भने अन्य ४० जना घाइते भएको थियो ।

शान्ति धर्नामा बसेकाहरुलाई लक्षित गरी गराइको बम विस्फोटमा परी चर्चित रंङ्गकर्मी रञ्जु झाका साथै स्थानीय झगरु मण्डल, दिपेन्द्र दास, विमलशरण दास र सुरेश उपाध्यायको मृत्यु भएका थिए ।

पाँच जनाको ज्यान जानेगरी जनकपुर बमकाण्डको अन्तिम सुनुवाइ आइतबारदेखि जिल्ला अदालत धनुषामा सुरु भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ