arrow

विप्लव निकट शिक्षक संगठन कपिलवस्तुका अध्यक्ष चौहान पक्राउ

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७५ चैत १५ शुक्रबार
chauhan.jpg

कपिलवस्तु । नेत्र विक्रम चन्द (विप्लव)  निकट नेकपा अखिल नेपाल शिक्षक संगठन कपिलवस्तुका अध्यक्ष राम निवास चौहानलाई प्रहरीले पक्राउ गरेको छ ।  कपिलवस्तुको मायादेवी गाँउपालिका पकडीमा रहेको छत्रपाली त्रिर्थादेवी माध्यमिक विद्यालयमा विद्यार्थीलाई एस ई ई को परिक्षा दिलाउन ल्याएको समयमा चौहानलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक रवि रावलले  चौहानलाई प्रकाउ गरी अनुसन्धान गरिरएको बताए ।  विप्लवका कार्यकताहरु समाउन विभिन्न ठाउँमा प्रहरी परिचालन गरिएको समेत रावलले बताए  ।

चौहान  मायादेवी गाउंपालिका ५ कपिलवस्तुको जनता माध्यामिक विद्यालय बलुहवाका प्रधानाध्यापक हुन  । इलाका प्रहरी कार्यालय पकडीको टोलीले चौहानलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय तौलिहवामा पठाएको बताइएको छ । पछिल्लो समय नेकपाका नेता कार्यकर्तामाथि उच्च निगरानी बढाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ