arrow

प्रेस युनियनले सदस्यहरुको दुर्घटना बिमा गर्ने

logo
प्रकाशित २०७५ चैत १५ शुक्रबार
Nepal-Press-Union_20140908050041.jpg.jpeg

बुटवल । नेपाल प्रेस युनियन रुपन्देहीले आफ्ना सदस्यहरुको बिमा गराउने भएको छ । युनियन रुपन्देहीको शुक्रवार बुटवलमा बसेको कार्यसमीती बैठकले बार्षीक कार्ययोजना तयार गर्दै सदस्यहरुको दुर्घटना बिमा गर्ने योजना अगाडी ल्याएको हो ।

यो कार्यक्रम अन्तरगत युनियनमा आवद्ध सवै सदस्यहरुको एक मुस्ट बिमा गरीने छ । बिमा पश्चात भैपरी आउने घटनाका बेला सदस्यहरुले आर्थीक रहत पाउने र त्यसबाट सदस्यहरुलाई राहत हुने हुँदा बिमा कार्यक्रम ल्याईएको सभापति रेखा भुसालले जानकारी दिईन् । त्यस्तै पत्रकारहरुको हौसाल बृद्धीकोलागी पत्रकारीता पुरस्कारहरु समते थप गरीने युनियनको कार्ययोजनामा समावेस गरीएको छ ।

 युनियन रुपन्देहीले हालै स्थापना गरेको  शिक्षा पत्रकारीता पुरस्कार नियमावली तयार पार्नेकोलागी युनियनका पुर्व सभापति छवी पाण्डेको सयोजकत्वमा तिन सदस्यीय समीती समेत गठन गरेको छ ।

समीतीको सदस्यहरुका निर्वतमान सभापति बिक्रम खड्का र युनियनका सदस्य लाल प्रसाद (कृष्ण) पगेंनी रहेका छन् । युनियनले पारीत गरेको १५ बुँदे कार्ययोजनामा प्रत्येक नयाँ बर्ष क्लालेण्डर प्रकासन गर्ने देखी बार्षीक रुपमा स्मारीका प्रकासन गर्ने सम्म रहेका छन् ।

 त्यस्तै युनियनमा आवद्ध पत्रकरहरुको क्षमता अभिबृद्धिकालागी प्रशिक्षण कार्यक्रम गर्ने, श्रमजीवी पत्रकारहरुको हितकालागि न्युनतम पारीश्रमीक लागु गर्न सम्बन्धित निकाय वा मिडीया हाउसहरुलाइ खबरदारी गर्ने, युनियनको कार्यालय स्थपाना गर्ने, पत्रकार कल्याणकारी कोषको रकम  बृद्धि गर्दै लैजाने जस्ता योजना रहेको सचिव श्यामशंकर पाण्डेले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ