arrow

स्याङ्जामा विप्लवका २ नेता पक्राउ

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ चैत १५ शुक्रबार
गोबिन्द_ओली.JPG

स्याङ्जा । सरकारले विप्लप माओवादीलाई प्रतिवन्द लगाएपछि प्रहरीले विप्लव समुहका कार्यकर्ताको खोजीलाई व्यापकता दिएको थियो । प्रहरीले विप्लप समुहका कार्यकर्ता खोजी गर्न थाले पनि सफल हुन सकेको थिएन । अन्तत शुक्रवार जिल्ला प्रहरी कार्यालय स्याङ्जाले नेत्रविक्रमचन्द (विप्लब) समूहका २ नेतालाई पक्राउ गरेको छ ।

 पक्राउ पर्नेमा जिल्ला सेक्रेटरी गोकुल पराजुली र मजदुर महासंघका अध्यक्ष जीवन भन्ने गोविन्द ओलीलाई पक्राउ गरेको हो । पोखरा महानगरपालिका २७ घर भएका अधिकारी केहि समय अघि मात्रै विप्लप नेतृत्व पार्टी नेकपा स्याङ्जाको सेक्रेटरी भएर काम थालेका थिए । मजदुर महासंघ स्याङ्जा अध्यक्ष पश्चिम रुकुम त्रिवेणी गाउ“पालिका १ का स्थायी बासिन्दा हुन् ।

पक्राउ परेको दुबै जनालाई प्रहरी पुतलीबजार नगरपालिका १३ छहरी खोलातर्फ मोरसाईकलमा भाग्दै गरेको अवस्थामा पक्राउ गरेको स्याङ्जाका डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए । उनका अनुसार राज्य विरुद्धको अपराध र विष्फोटक पदार्थ सम्बन्धी कसुरमा अनुसन्धान थालिएको छ ।

सरकारले विप्लप समूहलाई प्रतिबन्ध लगाएपछि जिल्ला स्थित सुरक्षा निकायले उनीहरुको गतिविधिलाई नजिकबाट नियालि रहेको थियो । प्रहरीका अनुसार उक्त समूहको अन्य गतिविधिलाई समेत नजिकबाट नियालि रहेका छौं । एक हप्ता अगाडी विप्लव नेतृत्वको नेकपा माओवादीबाट एक जना जिल्ला नेता शेरबहादुर थापाले राजीनामा दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ