arrow

अवरुद्ध सडक खुलाउन गएका तीन सैनिक पहिरो खसेर घाइते

logo
प्रकाशित २०७५ चैत १५ शुक्रबार
nepal-army-logo.jpg.jpeg

गलकोट । काठेखोला गाउँपालिका–८ लेखानीदेखि वडा नं ५ कर्लिम जाने अवरुद्ध सडक खुलाउन गएका तीन सैनिक जवान घाइते भएका छन् ।

तीन दिनदेखि अवरुद्ध रहेको सडक स्थानीय वडाध्यक्षहरुको आग्रहमा सेनाको अर्जुनबाँण गणका जवान सडक खुलाउन गएकोमा आज थप पहिरो खसेर घाइते भएको गणपति भुवनराज देवकोटाले बताए ।

गणपति देवकोटाका अनुसार घाइते पहलमान श्रेष्ठ र सन्तोष कार्कीको थप उपचारका लागि सेनाको हेलिकप्टरबाट छाउनीस्थित सैनिक अस्पताल पठाइएको छ । घाइते एक जनाको नाम खुलेको छैन । देवकोटाका अनुसार एक जवानको टाउकोमा र दुईजनाको हात तथा छातीमा चोट लागेको छ । उनीहरुको प्राथमिक उपचार गणमै भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ