arrow

'शिक्षामन्त्रीले तत्काल घटनाको जिम्मेवारी लिनुपर्छ'

logo
प्रकाशित २०७५ चैत १५ शुक्रबार
post-03_(3).jpg

काठमाडौं ।  एसईई परीक्षाको प्रश्नपत्र बारम्बार बाहिरिएको विषयमा विवेकशील नेपाली दलले ध्यानाकर्षण जनाउदै परीक्षा बोर्डका पदाधिकारीहरूलाई निलम्बनको माग गरेको छ  । विवेकशील नेपाली दलका प्रवक्ता मिलन पाण्डेले विज्ञप्ति जारी गर्दै शिक्षा मन्त्रीले तत्काल सम्पूर्ण घटनाको जिम्मेवारी लिनु पर्ने बताए ।

दोषीलाई कडाभन्दा कडा कारबाही गरी भविष्यका लागि नजिर स्थापित गर्न समेत दलको माग छ ।दलले यो घटनालाई पनि लुटतन्त्रकै अर्को उदाहरणको रूपमा लिएको छ।

विज्ञप्तिमा भनिएको छ, 'प्रदेश २ मा लगातार प्रश्नपत्र बाहिरिँदै गर्दा, यसबाट विद्यार्थी अनि अभिभावकमा उत्पन्न भएको मानसिक तनावलाई सरकारले गम्भीरतापूर्वक लिन जरुरी छ। यो खबरसँगै देशैभरिका एसईई परीक्षार्थीमा अन्योलताको माहौल सिर्जना भएको छ। लाखौँ विद्यार्थीको वर्षौँको मेहनत अनि प्रतीक्षाको यति महत्त्वपूर्ण परीक्षामा प्रश्नपत्रमा बारम्बार त्रुटिहरू भेटिनु र प्रश्नपत्र बाहिरिनुले हाम्रो शैक्षिक, राजनैतिक अनि प्रशासनिक क्षमताको उजागर गरेको छ। विद्यार्थीको भविष्यमा यो हदसम्मको लापरबाही क्षम्य छैन र बनाइनु हुँदैन। तसर्थ, विवेकशील नेपाली दल सम्पूर्ण विद्यार्थी अनि अभिभावकको पक्षमा रहेको समेत यही विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौँ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ