arrow

अधिकांश स्थानमा वर्षाको सम्भावना, छिन छिनमै मौसम परिवर्तन

logo
प्रकाशित २०७५ चैत १६ शनिबार
weather.jpg

काठमाडौँ । पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । शुक्रबारदेखि प्रवेश गरेको न्यूनचापीय वायुको प्रभावले अझै एक–दुई दिन देशका पूर्व र मध्य भू–भागको मौसम प्रभावित हुने महाशाखाका मौसमविद् मञ्जु वासीले बताए । तत्काल भारी वर्षाको सम्भावना नरहे पनि अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको मौसमविद् वासीले जानकारी दिए । 

उनका अनुसार प्रिमनसुनको समय भएका हुनाले वर्षा लामो समय हुनेछैन छिनमै मौसमपरिवर्तन हुनेछ । उच्च हिमाली भू–भागमामा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ । राति देशको अधिकांश स्थानमा सामान्य बदली रही पूर्वी र मध्य भू–भागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । आइतबार देशको पूर्वी र मध्य भू–भागमा आंसिकदेखि सामान्य बदली रही पूर्वी–पश्चिमी स्थानका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

यस्तै सोमबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराई भेगको केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँको उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव ६ डिग्री सेल्सियस र अधिकमत तापक्रम २५ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ