प्रधानमन्त्री ओलीसंग मागे धनराज गुरुङले प्रतिक्रिया
‘कांग्रेसलाई कठै सकियो भन्ने प्रधानमन्त्री ओलीज्यू ! गुल्मी कांग्रेसको पहिलो जिल्ला सम्मेलनमा उर्लिएको जनलहरलाई के भन्नुहुन्छ ?’
प्रकाशित २०७५ चैत १६ शनिबार
477
Shares
काठमाडौं । नेपाली काँग्रेसका नेता धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीसंग काँग्रेसबारे दिँदै आएको प्रतिक्रियाबारे जवाफ मागेका छन् ।
गुरुङले सामाजिक संजाल ट्वीटरमार्फत काँग्रेसलाई कठै सकियो भनेर प्रतिक्रिया दिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका ओलीले प्रतिपक्षी कहाँ छ ? भन्दै प्रश्न गर्ने गर्ने भएकाले गुल्मीमा भएको काँग्रेसको पहिलो जिल्ला सम्मेलनमा नेकपाका सयौं कार्यकर्ता काँग्रेसमा प्रवेश गरेकोबारे व्यङ्ग्य कसेका हुन् ।
सो सम्मेलनमा काँग्रेसका कार्यकर्ताहरुको भीड देखाउँदै नेता गुरुङले ओलीबाट प्रतिक्रिया मागेका हुन् ।
उनले लेखेका छन्, ‘कांग्रेसलाई कठै सकियो भन्ने प्र. म. ओलीज्यु ! गुल्मी कांग्रेसको पहिलो जिल्ला सम्मेलनमा उर्लिएको जनलहरलाई के भन्नुहुन्छ ? यहि कार्यक्रममा नेकपाका सयौं नेता तथा कार्यकर्ता नेकामा प्रवेश गरेका छन् ।’
काँग्रेसलाई प्रतिपक्षीको भूमिका खेल्न नसकेको आरोप लागे पनि पछिल्लो समय दुई तिहाई सरकारको नेतृत्व गरेको नेकपाका थुप्रै असन्तुष्ट नेता तथा कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गर्ने क्रम बढ्दो छ ।