इलाम । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार इलाम आउँदै छन् । लामो समयदेखि तराई यात्रामा रहेका पूर्वराजा आइतबार बिहान ११ बजेतिर दमकबाट इलाम पुग्ने उनका निकटस्थले बताएका छन् ।
उनी चैत २१ गतेसम्म इलाममै बस्नेछन् । १९ गते मंगलबार पूर्वराजाले पाँचथरको फिदिममा रहेको गढिमाईमा दर्शन गर्नेछन् ।
उनी २१ गते बिहान माइ मन्दिर जानेछन् र सोही दिन नै दमक फर्कने कार्यक्रम तय भएको छ ।