arrow

मौलिकता राष्ट्रको धरोहर : पूर्व राष्ट्रपति

logo
प्रकाशित २०७५ चैत १७ आइतबार
rambaran-yadav.jpeg

काभ्रेपलाञ्चोक ।  पूर्व राष्ट्रपति डा रामवरण यादवले राष्ट्रलाई विश्वभर चिनाउने मौलिकता राष्ट्रको धरोहर भएको बताएका छन्। काभ्रेपलाञ्चोकको बनेपामा आइतबार आयोजित नुवाकोटको नाट्यश्वर म्युजिक अवार्ड–२०७५ अन्तर्गत सम्मान कार्यक्रममा उनले भने, “मौलिकता राष्ट्रको धरोहर हो, मौलिकताले राष्ट्रलाई विश्वभर चिनाउँछ ।”

उनले सभ्यताले मुलुक कति पुरानो हो भन्ने पनि चिनाउने बताए । पूर्व राष्ट्रपति डा यादवले नेपाल आर्य र मङ्गोल सभ्याताको बीचमा रहेको उल्लेख गर्दै नेपालीले आफ्नो मौलिकता छाड्न नहुने बताए । “वेदबाट शुरुभएको हाम्रो मौलिकता आधुनिक युगसम्म आइपुग्दा बिर्सेका छैनौँ”, उनले भने, “अब पनि हामीले हाम्रो मौलिकता छाड्नुहुन्न ।” नेपाली कला, संस्कृति र सभ्यताले नेपाल विश्वभर चिनिएको उनको जिकिर थियो ।

पूर्व राष्ट्रपति डा यादवले नेपाल विविध भौगोलिकताले भरिएको मुलुक भएकाले यहाँ विभिन्न जातजाति र बहुभाषिक हुनु स्वाभाविक भएको बताए । उनले भने, “हामी हिमाली देश भनेर चिनिन्छिौँ, कला र संस्कृतिलाई जोगाउनु हाम्रो दायित्व पनि हो ।”

पूर्व राष्ट्रपति डा यादवले फरक प्रसङ्गमा विपन्नताले ग्रसित हाम्रो मुलुकमा अहिले परिवर्तन आएको बताए । “मुलुकमा परिवर्तन भएको छ, आशा गरौँ विपन्नता हट्नेछ”, उनले भने ।

 कार्यक्रममा उनले नाट्यश्वर दशक–सम्मानबाट वरिष्ठ कलाकार बसुन्धरा भुसाल, नाट्यश्वर रत्न–सम्मानबाट चैत्यदेवीलगायत तामाङ सेलो, म्हेन्दोमाया, लोकदोहोरी, आधुनिक र पपलगायत विधामा कलाकार तथा पत्रकारलाई सम्मान गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ