पाँचथर आउने पूर्व राजा ज्ञानेन्द्रलाई नागरिक सरह भ्रमण गर्न सुझाव, नत्र कारबाही
प्रकाशित २०७५ चैत १७ आइतबार
195
Shares
पाँचथर। नेकपाका प्रदेश १ का सहइन्चार्ज तथा केन्द्रीय सदस्य सावित्र काफ्लेले पूर्व राजा ज्ञानेन्द्र शाहाले भ्रमण गर्दा नागरिक सरह मात्रै भ्रमण गर्न सुझाव दिएका छन्। पाँचथरको फिदिममा आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।
भ्रमण गर्दा फेरि राजगद्धीमा आउने मनशायले भ्रमण गरेको वा त्यस्तो किसिमको गतिविधी बढाएमा पूर्व राजा शाहालाई नागरिकले कानुन उल्लङघन गरेको ठहर गर्दे कानुनी कारबाहीको दायरासम्म ल्याउन सकिने चेतावनी दिए।
पूर्व राजा शाहा पाँचथर सदरमुकाम फिदिममा भोली आएर सुम्हात्लुङ मन्दिरको पूजाआजा गर्ने र नागरिकहरुसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
यस्तै उनले पाँचथरका सवै स्थानीय तहमा पार्टी एकीकरण प्रक्रिया सकिएको बताउँदै चाँडै जिल्ला कमिटीको समेत टुंगो लगाउने बताए ।