हावाहुरीले ढालेको रुखले घरहरु च्यापिएको, इँटा भट्टाको चिम्नी लडाउनुका साथै गुड्दै गरेको गाडी पल्टिएर तथा बिजुलीको पोल ढलेर करेन्ट लाग्दा धेरै मानवीय क्षति भएको हो ।
झण्डै आधा घण्टासम्म चलेको आँधीमा दर्जनौ कच्ची घर भत्किएका छन् । सयौं घरका टिनका छानाहरु आँधीले उडाएको छ । घटनालगत्तै प्रभावित क्षेत्रहरुमा उद्धारका लागि प्रहरी, सेना र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी तथा स्वयंसेवकहरू परिचालित भएका छन् । पर्साको दैवी प्रकोप व्यवस्थापन, प्रहरी, सेना र स्थानीयले सघाइरहेका छन् ।
घाइतेहरुको वारा र पर्साका विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । स्थानीय अस्पतालहरूले घाइतेको संख्या बढेपछि भुइँमै राखेर उपचार गरिरहेका छन् ।
अन्य समयमा समेत अस्पतालमा बिरामीको उपचार गर्न समस्था भइरहने अवस्था भएकामा यो विपदको बेलामा भने झनै समस्या भइरहेको छ ।
थुप्रै च्यापिएको आशंका
त्यहाँबाट जनाइ अनुसार थुपै घर ढलेका छन् । उद्दारको काम भइरहँदा थुप्रै अझै च्यापिएको हुन सक्ने बुझिन्छ । ढलेका घरहरुमा खोज्ने काम भइरहेको छ ।
केहीको सोमबार बिहान जिवितै उद्दार गरिएको छ । रातमा भएको घटना भएकाले रातमै जताततै पुगेर उद्दार गर्न सक्ने सम्भावना नहुँदा समेत सबैको उद्दार गर्न सम्भव भएका थिएन ।
थुप्रै चौपाया पुरिएका छन् ।
प्रदेश सरकारको मन्त्रीपरिषदको बैठक पनि बसिरहेको छ ।
अहिले मौसममा सुधार आएको छ । सोमबार बिहानै वर्षा हुने जस्तो मौसम रहे पनि अहिले घाम लागिरहेको छ ।