arrow

उद्धारमा खट्न कार्यकर्ताहरुलाई कांग्रेस सभापति देउवाको निर्देशन

logo
प्रकाशित २०७५ चैत १८ सोमबार
congress-deuba.jpg

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बारा र पर्सामा आएको हावाहुरीमा परी घाइतेहरुको उद्धार तथा राहतमा जुट्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । 

आइतबार राति आएको आँधीबेहरीमा परी अहिलेसम्म बारामा २६ र पर्सामा १ जनाको मृत्यु भएको छ भने ४०० भन्दा घाइतेहरु विभिन्न अस्पतालमा उपचाररत छन् । 

केन्द्र सरकारले राहत र उद्धारका लागि तत्काल व्यवस्था गर्न नसकेको अवस्थामा काँग्रेस सभापतिले विपद्का बेलामा एकजुट भएर उद्धारमा जुट्न आब्हान गरेका हुन् । 

अझै पनि धेरै स्थानमा उद्धारको प्रयास भइरहेको छ । रातिमा भएको घटनाले गर्दा तत्काल उद्धारमा समस्या भएको बताइएको छ । 

हावाहुरीका समयमा जमीनमा कम्पनजस्तो आएकाले अधिकांशका घरमा धारामा पानी सुकेको छ । 

गास र बासको समेत समस्या भइरहेको छ । देउवाले ट्वीटरमार्फत सन्देश दिँदै हावाहुरीमा परी मृत्यु भएकाप्रति हार्दिक श्रद्धाञ्जलीसमेत व्यक्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ