arrow

‘आँधी आए तराईमा पहाडले छेक्नुपर्छ’ भन्दै गगन थापाले गरे सहयोगको अपील

logo
प्रकाशित २०७५ चैत १८ सोमबार
gagan-thapa-new-FNL-p.jpg.jpeg

काठमाडौं । बारा र पर्सामा आएको भीषण हावाहुरीमा परी घरबार गास र बास गुमाएकाको उद्धारका लागि सहयोगको अपिल भइरहेको छ । उक्त क्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले भौगोलिक एकता दर्शाउँदै आँधी आए तराईमा पहाडले छेक्नुपर्छ भनेझैं सबैलाई विपद्मा सहयोग गर्न आग्रह गरेका छन् । 

उनले सामाजिक संजाल ट्वीटरमार्फत हावाहुरीका कारण मृत्यु हुने सम्पूर्णमा श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 

उनले लेखेका छन्, ‘गए राती भएको भीषण हावाहुरीका कारण मृत्यु हुने सम्पूर्णमा श्रद्धाञ्जली र घाइते हरुको शीघ्र स्वास्थलाभको कामना। अहिले बारा र पर्सा बासीमा सबैको सहयोग को खाँचो रहेको छ। आधि आए तराईमा पहाडले छेक्नु पर्छ भनेझैं सबैलाई यस विपत्तिको सामना गर्न सहयोग गर्न अपिल गर्दछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ