-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
बारा । बारामा हावाहुरीले ल्याएको विपत्पछि प्रभावित क्षेत्रमा खाद्य सामग्रीको अभाव भएको छ । प्रभावित क्षेत्रमा रुख ढलेर बाटो अवरुद्ध भइरहेको छ ।
स्थिति नाजुक बनेको छ । भूमरीसहित आएको हावाहुरीले विद्युतका पोलसमेत ढाल्दा बिजुली ठप्प छ ।
अन्य क्षेत्रबाट खाद्यपदार्थ लैजान सक्ने अवस्था नरहेको अवस्था नरहेकाले स्थानीयहरुले नै राहतको काम गरिरहेका छन् ।
खाद्यसामग्री पुरिएकाले जसको घरमा सुरक्षित छ उनीहरुले नै सहयोग गरिरहेका छन् ।
बिहान खानेकुरा केही नभएपछि बालबालिकालाई च्यूरा खुवाउने काम भएको स्थानीयले बताएका छन् ।
हावाहुरीले घरका छानाहरु अधिकांश उडेका छन् ।