arrow

प्रधानमन्त्रीसंगको मेरो सम्बन्ध सधैं सुमुधुर छ : भुसाल

logo
प्रदिप आचार्य,
प्रकाशित २०७५ चैत १८ सोमबार
bhusal1.jpg

बुटवल । नेकपा स्थायि कमिटी सदस्य घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीसंग आफ्नो सम्बन्ध सधैं सुमुधुर भएको बताएका छन् ।

नागरिक समाजका अगुवाहरुको संस्था विएमजी ग्रुप भैरहवासंग सोमबार अन्तरक्रिया गर्दै उनले भने , ‘मेरो र प्रधानमन्त्रीबीच सम्बन्ध राम्रो नभएको, सधैं झगडा पर्ने गरेको भनेर हल्ला गरिएको छ ।  त्यो सहि होईन । मैले सधैं गलतलाई गलत र सहिलाई सहि भनेर हिड्ने गरेको छु , त्यस्ता केही असमहित छन् होलान अरु झगडा भने होइन । ’

रुपन्देही क्षेत्र नं ३ का सांसद समेत रहेका भुसालले भने ‘मेरो प्रधानमन्त्रीसंग विकासको ओरियन्टेशनको विषयमा केही असहमति मात्रै हो । ’आफ्नो पार्टीको सरकार भयो भन्दैंमा गलतलाइ पनि ठीक भन्न नहुने उनले बताए ।  उनले माक्र्सवादी सिद्धान्त अनुसार पार्टि, सरकार र नेताहरुलाई गुण दोषको आधारमा समर्थन र विरोध गर्दा तथा विमति राख्दा प्रतिपक्षिले झै व्यवहार गर्यो भन्नु न्यायीक नहुने पनि बताए ।

भुसालले हरेक ठाउमा, हरेक क्षेत्रमा आफुले मान्छेको मुख नहेरी सहिलाई सहि र गलतलाई गलत भन्ने गरेको समेत बताउदैं यो मान्यतामा आफु सधैं अडीग रहेको पनि बताए । नेता भुसालले भैरहवामामा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र लुम्बिनीबाट स्थानिय जनताले फाइदा लिनेगरी कार्यक्रम गराउन नागरिक समाजसंग आग्रह गरे ।

सो अवसरमा नागरिक समाजका अगुवा तथा विएमजीका अध्यक्ष ओमकार गौचनले लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगरमा बुद्ध जीवनी झल्कीने डिजीटल संग्राहलय बनाउनुपर्नेमा जोड दिए ।

बरिष्ठ साहित्यकार बनमालि निराकारले नगरभित्र हरियाली पार्कको आवश्यक्तामा जोड दिए ।

होटल एशोसियसन सिद्धार्थनगरका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले डण्डामा बोटिंग सहित पर्यटकीय करिडोर निर्माण गर्नुपर्ने तथा नगरभरी बुद्धको प्रतिमा राखेर बुद्धनगरको रुपमा स्थापीत गर्नुपर्ने बताए ।

सो अन्तरक्रिया कार्यक्रममा विएमजीका राजेन्द्र प्रसाद श्रेष्ठ, राजुनारयण श्रेष्ठ, नेवाखलका सुर्वणमनी शाक्य, बौद्धिक अपांगता महासंघका बाबुराम के.सी, पर्यटन व्यवसायी विष्णु गौतम लगायतले नेपाल सरकारको आसन्न बजेटमा भैरहवालाई प्राथमिकता दिनेगरी योजनामा समाबेश गर्न सांसद भुसालको ध्यानकषर्ण गराएका थिए ।

नागरिक समाजका अगुवाहरुको ध्यानकर्षण पश्चात भुसालले भैरहवामा देखिनेगरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

सो अवसरमा उनले बुटवलमा सन्चालनमा रहेको श्रम कार्यलय गौतमबुद्ध विमानस्थलमा अन्तराष्ट्रिय उडान नहुदै भैरहवा सार्न पहल गरिरहेको समेत बताएकाछन् । नेता भुसालले भैरहवामा रहेको कारागार ओमसतिमा स्थानान्तरण गर्न पहल गरिरहेको र कारागार भएको स्थानमा नगरको स्वामित्वमा कुनै सार्वजनिक महत्वको आयोजना निर्माण गर्न पहल गरिरहेको,  बैंकरोडमा रहेको सेनाको ब्यारेकलाई अन्यत्र सार्न पहल गरिरहेको तथा नगरको स्वामित्वमा रहेका चिल्ड्रेन पार्क, मायादेबी बजार र सभागृहलाई निजीकरणबाट मूक्त गर्न पनि प्रक्रिया थालेको बताएका छन् ।

सांसद भुसालले आसन्न बजेटमा रुपन्देहीका योजनाको प्राथमिकता सम्बन्धमा यहाका स्थानिय सरकार, संघसंस्था, नागरिक समाजसंग केहीदिनदेखी छलफल तथा सुझाब संकलन गर्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ