बिकास र समृद्धीको बाटोमा नेपाल र भारतसँगै जानुपर्ने: राजदुत पुरी
प्रकाशित २०७५ चैत १८ सोमबार
744
Shares
काठमाडौ । भारतीय राजदुत मन्जिव सिंह पुरीले बिकास र समृद्वीको बाटोमा नेपाल र भारत सगँसगै जानु पर्ने बताएका छन् । काठमाडौंमा नीति अनुसन्धान प्रतिष्ठान, नेपाल (नेनाप) ले आयोजना गरेको ‘उदयमान भारत र यसको विदेश नीति’ को सम्बन्धमा आयोजित कार्यक्रममा बोल्दै राजदुत सिंहले छिमेकी देशको नाताले नेपाल र भारतको हरेक विकास तथा सम्बृद्धिमा दुबै देश सगै अघि बढ्नुपर्ने बताएका हुन् । उनले भर्खरै भएको लगानी सम्मेलनबारे बोल्दै अरूण तेस्रोमा भारत र नेपाली लगानीकर्ताले ठुलो लगानी गरेको बताउँदै दुबै देशको लागि यस मार्फत सम्बृद्धिमा अघि बढ्न सहयोग पुग्ने बताए ।
त्यसैगरी नेपाल भ्रमणमा आउनु भएको अर्का वक्ता अखिल भारतीय विद्यार्थी परिषद्को राष्ट्रीय संगठन मंत्री सुनील अंम्बेकरले भारतको विकास नेपालको सहभागीता विना सम्भव नहुने बताए । दुवै देश बिचमा साझा संस्कृति भएकोले दुबै देशको सम्बन्ध आमस्तरमा बुझिएको रोजी रोटीको सम्बन्ध भन्दा माथी रहेको बताए । भारतको विकास प्रणालीबारे बोल्दै बक्ता अंम्बेकरले भने, भारतको विकास प्रणाली भनेको आफू सँगै साना-ठुला देशको पनि सँगसँगै विकास गर्दै लैजाने नीति भएको बताए । त्यसैगरी उहाले आतंकबादको कालो छाया दुनियाभर फैलिएको बताउँदै भारतको आतंकबाद विरूद्धको लडार्इमा नेपालको समर्थनको चर्चा र प्रशंसा पनि गरे।
कार्यक्रममा नीति अनुसन्धान प्रतिष्ठान, नेपालका प्रवन्ध निर्देशक दीपक कुमार अधिकारीले कार्यक्रमको औचित्वको बारेमा प्रष्ट पारेका थिए । झन्डै २५० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, देशको वरिष्ठ समाजसेवी, कुटनीतिक व्यक्तित्व, राजनीतिज्ञ, पत्रकार, कानुनविद, डाक्टर, इन्जिनियर, कलाकार, साहित्यकार, प्राज्ञिक व्यक्तित्व तथा विद्यार्थीहरूको पनि सहभागिता रहेको थियो ।