बारामा २६ जना मृतक र ३३४ घाईतेको नाम सार्वजनिक (नामावली)
प्रकाशित २०७५ चैत १८ सोमबार
372
Shares
काठमाडौं । बाराको आपतकालीन कार्य सञ्चालन केन्द्रले विभिन्न स्थानमा आईतबारको हावाहुरीबाट ज्यान गुमाएकाहरुको नाम सार्वजनिक गरेको छ । सोमबार दिउँसो केन्द्रले २६ जना मृतक र ३३४ जना घाईतेहरुको नाम सार्वजनिक गरिएको हो ।
आईतबार राती भएको सो विनासकारी हुरीवतासमा परी बारा र पर्सामा ३५ जना भन्दा बढीको ज्यान गएको अनुमान गरिएको छ । यद्यपि अहिलेसम्म आधिकारिक रुपमा भने बारा मा भने २६ जनाको मात्रै मृत्यु भएको जानकारी आएको छ ।
केन्द्रले जारी गरेको नामावलीको पृष्ठभूमिमा आईतबार साँझ पौने ८ देखि सवा ८ सम्म आधाघण्टासम्म त्यस्तो विनासकारी हुरीवतास चलेको थियो । हावाहुरी र असिनामा बारा जिल्लाको विभिन्न स्थानहरुमा घर तथा ईटा भट्टाको चिम्नी भत्किँदा धेरै मानिसहरुको ज्यान गएको हो ।
अहिले घाईतेहरुलाई विभिन्न अस्पतालमा उपचार गरिँदैछ । केन्द्रका अनुसार नारायणी उपक्षेत्रीय अस्पतालमा ११६ जना, नेशनल मेडिकल कलेजमा १०० जना, गण्डक अस्पतालमा २८ जना, बीरगञ्ज हेल्थ केयरमा ३९ जना, एड्भान्स अस्पताल बीरगञ्जमा २० जना र कलैया अस्पतालमा ३८ जनाको उपचार भईरहेको छ।
उपचार भईरहेका अस्पतालहरुको विवरण र मृतकको नामावली तल प्रस्तुत गरिएको छ ।