विपद्मा महिला र अशक्तको विषेश ध्यान दिन डिला संग्रौलाको आह्वान
प्रकाशित २०७५ चैत १९ मंगलबार
398
Shares
काठमाडौँ । नेपाली काँग्रेसकी नेतृ डा डिला संग्रौलाले विपद्को बेलामा महिला, बालबालिका तथा अशक्तहरुलाई विषेश ध्यान दिन आग्रह गरेकी छिन् ।
बारा, पर्सा लगायतका जिल्लामा आएको हावाहुरीले सबलाई असर परेपनि अशक्तहरुलाई थप गाह्रो पार्ने भएकाले उनीहरुलाई थप ख्याल गर्नुपर्ने तर्फ उनले सरोकारवालाहरुको ध्यानाकर्षण गराएकी हुन् ।
सामाजिक सञ्जाल मार्फत उनले “विपदको बेलामा सवैलाई मर्का परेको त हुन्छ, तर त्यसमा पनि महिला, बालबालिका, विरामी, अपाङगता भएकाहरु लगायतलाई थप समस्या पर्ने भएकाले उद्धारकर्ताहरुले त्यस तर्फ ध्यान दिनु पर्दछ” भनेकी छिन् ।
उनीहरुलाई उद्धार गर्दा, राहत वितरण गर्दा, स्थानान्तरण गर्दा, औषधी उपचार तथा खानपिन र अन्य सहयोगका लागि प्राथमिकता दिन उनले आग्रह गरेकी छिन् ।
कतिपय अवस्थामा उनीहरु आफै दौडधुप गर्न, भाग्न, राहत माग्न र लिन नसक्ने भएकाले उद्धारकर्ताहरुले त्यस तर्फ ध्यान दिनु पर्ने काँग्रेस नेतृ संग्रौलाको भनाई छ ।
उनँले घटनाबाट प्रभावितहरुलाई सक्दो सहयोग गर्न र मानवधर्ममा लाग्न आग्रह गरेकी छिन् ।