arrow

कम्युनिष्टले विदेशी लगानी आह्वान गर्नु ठूलो परिवर्तन – राणा

logo
प्रकाशित २०७५ चैत १९ मंगलबार
uday-samser-rana.jpg.jpeg

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थराज्य मन्त्री उदयशमसेर राणाले विदेशी लगानीको विरोध गर्ने कम्युनिष्ट पार्टीहरुले नै विदेशी लगानीका लागि आह्वान गर्नु सकारात्मक संकेत भएको बताएका छन् । 

नेपालमा अब विदेशी लगानीका लागि कुनै ठूला दलले विरोध गर्दैनन् भन्ने सन्देश अहिलेको कम्युनिष्ट सरकारले गरेको लगानी सम्मेलनले दिएको उनको भनाई छ ।

“विदेशी लगानी ल्याउन सबै दल सहमत छन् भन्ने सन्देश लगानी सम्मेलनले दिएको छ,” उनले भने । यसलाई नेता राणाले कम्युनिष्टहरुमा आएको ठूलो परिवर्तनको संज्ञा दिए ।
 
यसअघि काँग्रेसले विदेशी लगानीका लागि पहल गर्दै आएको र कम्युनिष्टहरुले विरोध गर्ने गरेको स्मरण गर्दै उनले अब विदेशी लगानीको वातावरण बन्दै गएको बताए ।

अर्को फरक प्रसंंगमा काँग्रेस नेता राणाले संवैधानिक निकायहरुमा सत्ता पक्षीय दलहरुले एकलौटी गरेर राजनीतिकरण गरेको टिप्पणी गरे । 

संवैधानिक निकायहरुमा सबै दलको सहमतीमा साझा व्यक्ति नियुक्त गर्नुपर्छ भन्ने मान्यतालाई भागबण्डा खोजेको रुपमा अथ्र्याउन नमिल्ने उनको भनाई छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ