-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । बारा र पर्सामा आइतबार राति आएको भूमरी र त्यसपछि निम्तिएको विपद्प्रति छिमेकी मुलुक भारतले दुःख जनाउ गरेको छ ।
भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै उक्त भूमरीमा भएको जनधनको क्षतिप्रति गहिरो शोक व्यक्त गरेको हो ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भारतीय सरकार नेपालको आवश्यकता अनुसार सहयोग गर्न तत्पर रहेको उल्लेख छ ।
मन्त्रालयले काठमाडौंस्थित भारतीय दूतावास र वीरगञ्जमा भएको कन्सुलेटमार्फत सहयोग गरिने पनि उल्लेख छ ।
