arrow

अवैध माछा सहित एक जना पक्राउ

logo
प्रकाशित २०७५ चैत २० बुधबार
Fish-bardiya.jpg

गुलरिया,बर्दिया। बर्दिया प्रहरीले अवैध माछा सहित एक जनालाई पक्राउ गरेको छ । बुधबार बिहान गुलरिया नगरपालिका वडा नम्बर ११ गणेशपुरबाट माछा सहित ३० बर्षिय शोभाराम थारुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

करिब ६ सय १५ किलो माछा सहित एक जना ब्यक्तिलाई बर्दिया प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यलय र इलाका प्रहरी कार्यलय मैनापोखर प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिई आवाश्यक कारर्बाहीको लागी पशु क्वारेन्टाइनमा पठाएको छ ।

पक्राउ परेका ब्यक्ती गुलरिया नगरपालिका वडा नम्बर १० का स्थानिय हुन । स्थानिय नन्दे भनिने रसिद अहमद शेखको दुई कोठे घर भाडामा लिई सोही ठाउँमा ट्याङकी बनाई भारतबाट अवैध रुपमा माछा चोरी पैठारी गरी स्टोर गरेर बिक्री वितरण गर्ने गरेको भन्ने सुचना प्रहरी पाइ पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ