arrow

मतमतान्तरकाबीच प्रधानमन्त्रीसँग भेटे ७ वटै मुख्यमन्त्रीहरुले 

logo
प्रकाशित २०७५ चैत २१ बिहिबार
PM_CM_meeting.jpg

काठमाडौं । मतमतान्तरकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई सात वटै प्रदेशका मुख्यमन्त्रीहरुले भेट गरेका छन् । बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा सबै मुख्यमन्त्रीहरुले संयुक्त रुपमा प्रधानमन्त्री ओलीलाई भेटेका हुन् । 

केन्द्र सरकारले आफूहरुलाई अधिकार दिन आनाकानी गरेको जस्ता विभिन्न बुँदाहरुमा केन्द्र र प्रदेशबीच मतमतान्तर चलिरहेको छ । यही बीचमा प्रदेश नं २ मा गएको विनासकारी हावा हुरी जाँदा पनि केन्द्र सरकारले त्यति आवश्यक पहल नगरेपछि यो विषयपनि भेटमा उठ्ने बताईएको छ । त्यस्तै सोही प्रदेशमा भएको एसईईको प्रश्न पत्र आउट भएको विषयमा पनि छलफल हुनसक्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

सातैजना मुख्यमन्त्रीहरु राष्ट्रिय विकास परिषद्को बुधबार र बिहीबार काठमाडौंमा जारी बैठकमा सहभागी हुनको लागि काठमाडौं आएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ