arrow

पाहाचर्‍हे पर्व सुरु : बालबालिकाको रक्षा र संरक्षणका लागि लुकुमहाद्यको पुजा

logo
प्रकाशित २०७५ चैत २१ बिहिबार
pahacharhee-child.jpg

काठमाडौं। उपत्यकामा आज नेवार समुदायले पाहाचर्‍हे पर्व मनाउदैछन्। टोलटोलमा लुकेर बसेको महादेवलाई सरसफाई गरी लुकुमहाद्य पुजा गरी पाहाचह पर्व मनाउने गरीन्छ। पर्वको अघिल्लो दिन घरवरपरको सरसफाई गर्ने, खाल्डाखुल्डी ढल  सफागर्ने र टोलटोलमा स्थापित पुर्खा देवता र लुकेर बस्ने महादेवलाई सरसफाई गर्ने चलन छ।

अन्य दिन मासु नखाने महादेबले आज भने मासु सहितको भोजन गर्ने जनबिश्वास रहेको छ। यसबारे एउटा रोचक किवंदन्ती छ। शनीग्रहले आजदेखि साढेसातको दशा प्रारम्भ भयो भन्दै महादेवलाई छुन लागेपछि महादेव भागेर फोहोरको थुप्रोमा साढे सातबर्षसम्म लुकेर बसेको प्रसंग सुन्न पाइन्छ।

बिशेषगरी आजका दिन टोलटोलमा रहेको लुकुमहाद्यलाई सरसफाई गरी बर्षको एकपटक  तोरी र मुलाको फुल चढाउने र नेवारी परम्परा अनुसार मासु सहितको समयबजी राखेर  पुजा गर्ने चलन छ। जात्रा अबधिभर महादेबलाई पञ्चमकार राखेर पुजा गर्ने परम्परा रहेको छ।

लुकेर बसेको महादेवलाई  मासु सहितको समयबजी खाएको अरु कसैले पनि नदेखोस भनी यसरी  तोरी र मुलाको फुलले आजका दिन छोप्ने परम्परा रहेको हो। यो पर्व बिशेषगरी काठमाडौका नेवार समुदायले मनाउने गरेपनि चाडमा सहभागि हुन उपत्यकाका बिभिन्न समुदाय त्यहा पुग्छन। संस्कृतिबिद यज्ञमानपति बज्राचार्यको धारणा भने फरक छ। बज्राचार्यका अनुसार महादेवको पुजा नभई यो त बालबालिकाको रक्षा र संरक्षण लागि लुकुमहाद्यको पुजा गर्ने परम्परा हो। 

उनका भनाइमा महादेवको पुजा नभई बालबालिका झयाल, छतबाट नखसुन्, खसेपनि रक्षा होस भन्दै रक्षा र संरक्षणको प्रतिकात्मक चिन्हका रुपमा लुकुमहाद्यको पुजा गर्ने गरीन्छ। नेपालभाषामा पाहा को अर्थ पाहुना र चह्को अर्थ चर्तुदशी भएकाले पाहुनालाई बोलाएर खुवाउने पर्वका रुपमा लिइन्छ। महादेवका लागि चढाउन बनाउने बिभिन्न मिष्ठान्न भोजन पाहुनालाई पनि बोलाएर खुवाउने भएकाले यो पर्वलाई पाहाचहे पर्व भनिएको हो।

पहाँचर्हे जात्रामा खट जुधाउँने जात्रा
उपत्यकामा अष्टमातृकाको पुजा गर्ने परम्पराको थालनीसंगै पाहाचहे पर्व मनाउन थालिएको हो। तीनदिन बिशेष उल्लासका साथ मनाउने यो पर्व काठमाण्डौबासीले भने अझ उल्लासका साथ मनाउछन्। काठमाण्डौमा पाहाचह्का अबसरमा बिभिन्न देबीको खट  जुधाएर जात्रा मनाउने परम्परा छ। 

उपत्यकामा जात्राको पहिलो दिन चैत्र कृष्ण चर्तुदशिका दिन आज बिभिन्न शक्तिपिठहरुमा पुजा गरीन्छ। आजका दिन काठमाण्डौमा रहेका बिभिन्न देबीलाई मुख्य मन्दिरमा लगिन्छ। र होम पुजा गरीन्छ। 

जात्रामा मुख्यगरी कंकेश्वरी, नरदेवी, टंकेश्वरको नीलबाराही, वचु भद्रकाली र लुमही भद्रकालीको खट जात्रा पर्सि चैत्र शुक्ल प्रतिपदाका  दिनसम्म नै मनाइन्छ। यो खट जुधाउने जात्रा शुक्रबार राति र शनिबार दिनभर मनाइन्छ।

भोली औंसीको रातमा तीनवटै खटलाई टुंडिखेलमा जुधाइन्छ भने पर्सि चैत्र शुक्ल प्रतिपदाका  दिन असनमा देवीको खट जुधाएर जात्रा मनाइन्छ। काठमाडौंको असनमा खट जुधाउँने जात्रा काठमाडौंबासीका लागि दशै पछिको मुख्य पर्व हो। पहाँचर्हे जात्रा अर्थात खट जुधाउँने जात्रा काठमाडौंमा मनाइने जात्राहरू मध्ये एक फरक महत्व बोकेको जात्रा हो।

किम्वदन्ती अनुसार लिच्छवी राजाले काठमाडौं खड्ग आकारमा निर्माण गर्दा ७ जना देवी स्थापित गरेका थिए र तीनै अजिमाहरूको सम्मान स्वरूप यो जात्रा गर्ने परम्परा रहिआएको छ। पहिले पहिले असनमा ७ खट जात्रा गरी ‘द्य ल्वाकेगु’जात्रा हुने गरेपनि आजकल तीनवटा खटमात्र जुधाउने गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ